सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरपालिका -११ ले आर्यघाट भवन, मलामि प्रतिक्षालय र मन्दिर निर्माण गर्दै

कञ्चनपुर – भीमदत्त नगरपालिका वडा नम्बर -११ ले महाकाली नदि तटीय क्षेत्र रामेश्वर घाटमा विभिन्न संरचना निर्माण गरिरहेको छ । वडा कार्यालयले आर्यघाट भवन, मलामी प्रतीक्षालय र मन्दिर लगायतका ऐतिहासिक संरचना निर्माण गर्न लागेको हो।

शवदाह संस्कारको लागि आउने मलामीहरूको लागि विश्रामको लागि आर्यघाट भवन, मलामी प्रतीक्षालय र विभिन्न समयमा पुजा, भजन-कीर्तनको आउने दर्शालुहरूको लागि मन्दिर निर्माण गर्न लागिएको हो ।

Mahakali Polytechnic

World Link Ads

खानेपानी र शौचालय सहितको सुविधायुक्त आर्यघाट भवन र मलामी प्रतीक्षालय निर्माण भइसके पश्चात टाढाटाढाबाट आउने शवदाह संस्कारको लागि आउने मलामीहरू तथा नदि तटीय क्षेत्रमा काम गर्ने सम्पूर्णलाई सहजता मिल्ने छ। टाढाटाढाबाट शवदाह संस्कारको लागि आउने मलामीहरू तथा नदि तटीय क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई गर्मी तथा वर्षाको समयमा हुने समस्याको अन्त्य गर्नको लागि विश्राम स्थलहरू निर्माण गर्न लागिएको वडा कार्यालयले जनाएको छ।  विश्राम स्थल र मन्दिरको निर्माण सुरु भएसँगै स्थानीय हर्षित भएका छन् ।

Sana Kishan

भीमदत्त -११ का वडा अध्यक्ष प्रकाश थापाले स्थानीयको मागलाई मध्यनजर गर्दै आर्यघाट भवन, मलामी प्रतीक्षालय र मन्दिर निर्माण गरिन लागिएको बताएका छन्। निर्माण हुन लागेका संरचनाको लागि ३० लाख सहरी विकास मार्फत भीमदत्त नगरपालिका र शहरी संघीय विकास कार्यालय धनगढीले १० लाख गरी ४० लाख बजेट विनियोजन भएको अध्यक्ष  थापाले जानकारी दिएका छन् ।

उनका अनुसार निर्माण भईरहेका संरचनाहरूको कार्य अन्तिम अन्तिम चरणमा पुग्न लागेको छ । यी संरचनाहरू निर्माण भइसके पश्चात उक्त घाटमा पानीको समस्या अन्त्य गर्न दुइटा ठाउँमा बोरिङ जडान गर्ने योजना रहेको र रामेश्वर शिवलिङ्ग मन्दिरको प्राण प्रतिष्ठा समेत गरिने उनले बताएका छन्। साथै उक्त संरचनाहरू निर्माणमा सहयोग गर्ने सांसद रमेश लेखक, भीमदत्तका नगर प्रमुख पदम बोगटी र उपप्रमुख निलम लेखक, उपभोक्ता समिति र स्थानीय सम्पूर्णलाई धन्यवाद दिएका छन्।

त्यसैगरी भीमदत्त -११ का स्थानीय माधव प्रसाद भट्टका अनुसार निर्माण हुन लागेको संरचनाले कैलाली, कञ्चनपुरका बासिन्दालाई दाहसंस्कारको लागि कैलाली र कञ्चनपुरबाट आउने मलामी र विभिन्न समयमा हुने धार्मिक कार्यक्रममा सहभागी हुन आउने भक्तालु तथा धार्मिक व्यक्तित्वहरूलाई सहज हुने बताएका छन् ।

वैशाख २३ गतेदेखि शुरु भएको आर्यघाट भवन, मलामी प्रतीक्षालय र  मन्दिर निर्माणको कार्य असार १५ गतेसम्म सम्पन्न हुने उपभोक्ता समितिका सदस्य भुपेन्द्र क्षेत्रीले बताए ।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.