सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एनप्याब्सन कञ्चनपुरको आयोजनामा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कञ्चनपुर – कञ्चनपुरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। एनप्याब्सन कञ्चनपुरको आयोजनामा शनिबार प्रतियोगिता सम्पन्न भएको हो।  सय भन्दा बढी सदस्य विद्यालय रहेको एनप्याब्सन कञ्चनपुरले जेठ महिनाभरि कञ्चनपुरका नौ वटै पालिकाहरूमा पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको थियो। पालिका स्तरीय प्रतियोगिता सके लगत्तै एनप्याब्सन कञ्चनपुरले जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गरेको थियो। 

प्रतियोगिता माध्यमिक र आधारभुत तह गरी दई तहमा आयोजना गरिएको थियो। माध्यमिक तह वक्तृत्वकला प्रतियोगितामा मर्निङ ग्लोरी सेकेन्डरी स्कुलका छात्र प्रियान्जल गहतराज प्रथम, युनाइटेड स्कुलकी छात्रा समृद्दि ऐरी द्वितीय र मर्निङ ग्लोरी सेकेन्डरी स्कुलकी छात्रा प्रशंसा भारती तृतीय र जनज्योति माध्यमिक विद्यालयकी छात्रा अकेशा जोशीले सान्त्वना स्थान प्राप्त गरेको छ।

Mahakali Polytechnic

त्यसैगरी आधारभुत तह वक्तृत्वकला प्रतियोगितामा ज्ञान दीप स्कुलकी छात्रा साक्षी जोशी प्रथम, ग्वाल्लेक स्कुलकी छात्रा खुसी चन्द र क्यासपियनकी छात्रा जयन्ती भट्ट द्वितीय, जगदम्बा स्कुलकी छात्रा सुशीला भण्डारी तृतीय र लिटिल बुद्ध एकेडेमीकी छात्रा समृद्दि भट्टले सान्त्वना स्थान प्राप्त गरेको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यार्थीहरूलाई ट्रफी सहित प्रमाण पत्र वितरण गरिएको छ ।

World Link Ads

Sana Kishan

एनप्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दको सभापतित्व रहेको उक्त कार्यक्रममा एनप्याब्सन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष बलदेव भट्टले स्वागत मन्तव्य राखेका थिए । निर्णायक मण्डलमा नेल्टा सुदूरपश्चिम प्रदेशका अध्यक्ष डा. शंकर दत्त भट्ट, त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक त्रिभुवन कुमार भट्ट र सुदूरपश्चिम विश्वविद्यालयका उप प्राध्यापक राजेन्द्र जोशी रहेका थिए। कार्यक्रमको सञ्चालन एनप्याब्सन कञ्चनपुरका सहसचिव सुरेन्द्र राज जोशीले गरेका थिए।  कार्यक्रममा बोल्दै एनप्याब्सन सुदूरपश्चिम प्रदेशका सचिव बिर बहादुर चन्दले यस्ता कार्यक्रमहरू निरन्तर भईरहनुपर्नेमा जोड दिए। 

एनप्याब्सन कञ्चनपुरले नियमित रुपमा विद्यार्थीहरूको चौतर्फी विकासलाई जोड दिँदै विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको र आउँदो असार १५ गते जिल्ला व्यापि निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने एनप्याब्सन कञ्चनपुरका सहसचिव सुरेन्द्र राज जोशीले जानकारी दिएका छन्। कार्यक्रममा एनप्याब्सनका केन्द्र, प्रदेश र जिल्ला देखि पालिका स्तर सम्मका पदाधिकारीहरू तथा विभिन्न स्कुलका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थी लगायतको भव्य उपस्थिति रहेको थियो।   

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.