सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेशनल लाइफ इन्स्युरेन्स महेन्द्रनगर शाखाको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

कञ्चनपुर – नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।  शनिबार होटल सिद्धार्थको सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरिएको नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले जनाएको छ।

कार्यक्रममा नेशनल लाइफ इन्स्युरेन्स कम्पनीका ज्येष्ठ अभिकर्ता डम्बर बहादुर बिष्टको अध्यक्षता  रहेको थियो। महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दले सञ्चालन गरेको उक्त कार्यक्रममा पार्वती नेगीले स्वागत मन्तव्य राखेकी थिइन्।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads
Sana Kishan

अभिकर्ताहरू लाई थप जोस र जाँगरका साथ व्यवसायमा समर्पित गराउने उद्देश्यका साथ व्यवसायमा सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा महेन्द्रनगर शाखाका शाखा प्रमुख नवीन किशोर भट्टले प्रशिक्षण गराएका थिए भने मुख्य व्यवसाय प्रबन्धक धन सिह ठगुन्नाले  व्यावसायिक सुझाव तथा पाेलिसिका बारेमा प्रकास पारेका थिए। साथै अभिकर्ताका रुपमा काम गर्दै आईरहेका भक्त बहादुर बूढा, पुष्पा कुमारी चन्द र राजेन्द्र प्रसाद भट्टले कार्यक्रममा आफ्नो अनुभव राखेका थिए।

कार्यक्रममा १०० जना भन्दा बढी अभिकर्ताको उपस्थिति रहेको थियो भने  उत्कृष्ट व्यवसाय गर्न सफल भएका अभिकर्तालाई कार्यक्रममा  सम्मान गरिएको छ। विगत ३७ वर्ष देखी बीमा क्षेत्रमा निरन्तर सेवा प्रवाह गरिरहेको  नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड नेपालकै पहिलो र अग्रणी जीवन बीमा कम्पनी रहेको महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दको भनाई रहेको छ। 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.