सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टिकटक स्टार पुष्कर टमाटाद्वारा उदयदेव माविका विद्यार्थीलाई ब्याग र मिठाई वितरण

कञ्चनपुर – चर्चित टिकटक स्टार पुष्कर टमाटाले साथीको जन्मदिनको अवसरमा वेदकोट -०९ सुन्दरपुर स्थित उदयदेव माध्यमिक विद्यालयमा ब्याग र मिठाई वितरण गरेका छन्। उनले  रू ३५ हजार बराबरको ब्याग र मिठाई वितरण गरेका छन्। 

विदेशमा बस्ने साथीको जन्मदिनको अवसरमा उनले विद्यालयका नर्सरी, बाल विकास र कक्षा १ का ७५ जना विद्यार्थीलाई ब्याग र मिठाई वितरण गरेको विद्यालयले जनाएको छ। टिक टक बाट लाइभ बसेर आएको केही रकम असहाय पीडित एकल महिला लगायत अपाङ्गता भएका ब्यक्तिहरूलाई सहयोग गर्दै आएका २८ वर्षीय पुष्करले कयौं पीडित ब्यक्तिहरूको मलम भर्ने काम गरिरहेका छन्।

Sana Kishan

आफू यहीँ समाजमा बसेर यही समाज बसेका असहाय पीडित दिन दुखी को सेवा गर्नु आफ्नो सानै उमेर देखि रुचि भएको र आउने दिनमा यस्ता कार्यक्रम गरिरहने उनको भनाई रहेको छ। उदयदेव माविको सभाहलमा भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रोकायाले रहनु भएका थिए भने कार्यक्रमको सञ्चालन प्रदिप पाल ( रदिप) ले गरेका थिए। 

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.