सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गाउँघरको चौतर्फी विकासका लागि वेदकोट -०८ द्वारा मुख्यमन्त्रीलाई ज्ञापन

कञ्चनपुर – कञ्चनपुरको एक वडा कार्यालयले गाउँघरको चौतर्फी वृद्धि विकासका सुदूरपश्चिम प्रदेश सरकार एव संसद्लाई ज्ञापन पत्र बुझाएको छ । वेदकोट नगरपालिका -०८ वडा कार्यालयले गाउँघरको चौतर्फी वृद्धि विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र संसद्लाई ज्ञापन पत्र बुझाएको हो ।

वेदकोट नगरपालिका -०८ का वडाध्यक्ष महेश दत्त जोशीले बुधबार मुख्यमन्त्री दीर्घ बहादुर सोडारी र संसद् प्रकाश रावललाई ज्ञापन पत्र बुझाएका छन् । निर्वाचन क्षेत्र ३  (क) बाटै निर्वाचित पूर्व आर्थिक मामिलामन्त्री एव हालका संसद् रावललाई र मुख्यमन्त्री सोडारीलाई राजमार्गदेखि उत्तर चुरेसँगै जोडिएको वडाका गाउँघरको दिगो विकास र समृद्धिका लागि ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको हो ।

Sana Kishan

वडाध्यक्ष जोशीले पूर्वाधारदेखि वडाका एटुजेट समस्या समाधानका लागि ३३ बुँदे ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्र बुझ्दै संसद् रावल र मुख्यमन्त्री सोडारीले उक्त वडाको वृद्धि विकासका लागि आ–आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन् । वडाध्यक्ष जोशीले यस अघि पनि प्रदेश र संघीय सरकारका विभिन्न मन्त्रालयमा वडाको दिगो विकासका लागि ज्ञापन पत्र बुझाउँदै आएका छन् । 

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.