सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसएसपी विष्टद्वारा कञ्चनपुर सीमावर्ती क्षेत्रका इप्रका कार्यालयको अनुगमन 

कञ्चनपुर – नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्टले कञ्चनपुरका सीमावर्ती क्षेत्रसँग जोडिएका इलाका प्रहरी कार्यालयको स्थलगत अनुगमन गरेका छन् ।

एसएसपी विष्टले जिल्लाको दक्षिणी सीमावर्ती तीन इलाका प्रहरी कार्यालयको स्थलगत अनुगमन गरेका हुन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा अपराध अनुसन्धान शाखामा कार्यरत एसएसपी विष्टले बिहीबार इलाका प्रहरी कार्यालय बेलडाँडी, बेलौरी र त्रिभुवनबस्तीको स्थलगत अनुगमन गरेका हुन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

भारतसँग प्रत्यक्ष सीमा जोडिएको जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी र पुनर्वास क्षेत्रमा भारतबाट आउने लागू औषध, चोरी तस्करीदेखि चुनौतीपूर्ण क्षेत्र भएकाले एसएसपी विष्टले कार्यालयको आन्तरिक अनुगमन गरेको प्रहरी प्रहरी कार्यालय धनगढीले जनाएको छ । अनुगमनका क्रममा एसएसपी विष्टले तीनै इप्रका इन्चार्जदेखि प्रहरी कर्मचारीहरूलाई चोरी तस्करी, राजस्व चुहावट अपराध न्यूनिकरण र आउँदै गरेको मनसुनको आवश्यक तयारी एव हाईअर्लट बस्न निर्देशन दिएका छन् ।

Dirghayu Ads

संगठन र सरकारले दिएको जिम्मेबारी अनुरूप आ–आफ्नो कार्य क्षेत्रमा हुने अपराध न्यूनिकरण गर्ने शून्य सहनशीलताको नीति अनुरूप काम गर्न समेत निर्देशन दिएका छन् । जनतालाई मुस्कान सहितको सेवादेखि प्रहरी देखेर जनता सुरक्षित भएको महसुस हुनुपर्ने तस्कर, अपराधी समुह थरथर काँप्नुपर्ने गरेर आफूलाई प्रस्तुत गर्न समेत निर्देशन दिएका छन् ।

इप्रका बेलडाँडीका इन्चार्ज कृष्ण कुँवर, बेलौरीका इन्चार्ज गौरीशंकर जैसी र त्रिभुवनबस्तीका इन्चार्ज हेमराज भट्टसहितका प्रहरी कर्मचारीले एसएसपीको स्वागत गरेका छन । आउँदै गरेको मनसुनलाई समेत मध्य नजर गर्दै नेपाल प्रहरीले आआफ्ना युनिटलाई हाईअलर्टमा राखेको छ । विपदको पूर्व तयारी, उद्धारका कार्यमा खटिन तयारी अघि बढाएको छ । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.