सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सार्क एजुकेसन फाउन्डेसनमा ‘करियर कुरा’ सम्पन्न

कञ्चनपुर – कोड फर चेन्जले जेठ ११ गते महेन्द्रनगरको सार्क एजुकेसन फाउन्डेसनमा ‘करियर कुरा’ कार्यक्रमको सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा कोड फर चेन्ज सुदूरपश्चिमका प्रोजेक्ट लिड रोहित पालको सभापति त्व रहेको थियो भने कोड फर चेन्जका प्रोजेक्ट लिड कृष्ण पोखरेलको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा विज्ञान र प्रविधि क्षेत्रमा रुचि भएका विद्यार्थीहरूलाई लक्षित गर्दै सूचना तथा प्रविधिको क्षेत्रमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विभिन्न विशेषज्ञहरूले सम्बोधन गरेको कोड फर चेन्ज सुदूरपश्चिमका प्रोजेक्ट लिड रोहित पालले जानकारी दिएका छन्। उनका अनुसार विद्यार्थीहरूलाई रोजगारका अवसरहरूको बारेमा जानकारी प्रदान गरिनुका साथसाथै आईटीमा रोजगार, इन्टर्नसिप, सडक नक्सा र आईटीको दायरा तथा बजार सम्बन्धी जानकारी प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि पोखरेलले ‘कोड फर चेन्ज’ गैर नाफामूलक संगठन भएको र विगतका केही वर्षदेखि प्रविधिसँग जोडिएर आफ्नो अध्ययन अध्यापनलाई अगाडि बढाइरहेका विद्यार्थीहरूका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आईरहेको बताएका छन्। साथै कोड फर चेन्जले सन् २०२३ सालदेखि सुदूरपश्चिममा स्थापना भएदेखि विद्यार्थीहरूलाई विभिन्न सूचना तथा प्रविधिसँग सम्बन्धी तालिम निःशुल्क रुपमा प्रदान गरिरहेको उनको भनाई रहेको छ।

त्यसैगरी सार्क एजुकेसनका प्लस टू संयोजक राजेश भण्डारीले कोड फर चेन्जले १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरूका लागि उपयुक्त कार्यक्रमको आयोजना गरेको बताएका छन्। ‘१२ को परिक्षा दिएपछि अब के गर्ने भनेर विद्यार्थी अन्यौलमा हुन्छ’, उनले भने ‘यो कार्यक्रम पश्चात विद्यार्थीहरू आईटी क्षेत्रको बारेमा विभिन्न जानकारी लिन समक्ष हुनेछन् जसले उनीहरूलाई १२ पछि के गर्ने भन्ने विषयमा सहजता प्रदान गर्नेछ।’

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds