सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा पहिलोपटक स्क्रयाबल खेलको बारेमा विद्यार्थीहरूलाई अभिमुखिकरण

कञ्चनपुर – कञ्चनपुरमा पहिलो पटक स्क्रयाबल खेलको बारेमा विद्यार्थीहरूलाई अभिमुखिकरण गरिने भएको छ। स्क्रयाबल क्लब नेपाल कञ्चनपुरले जिल्लामै पहिलोपटक सबै पालिकाहरूमा गएर विद्यार्थीहरूलाई अभिमुखिकरण गराउन लागेको हो।

शुक्रबार भीमदत्त नगरपालिकाबाट अभिमुखिकरण कार्यक्रमको सुरूवात गरिएको छ। जनज्योति माध्यमिक विद्यालयको हलमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो जसमा भीमदत्तका १५ विद्यालय सहभागी भएका थिए।

Mahakali Polytechnic

विद्यार्थीहरूको सोच्ने क्षमता विकास गर्न तथा अन्तरराष्ट्रीय स्तरमै चर्चित खेल स्क्रयाबललाई विद्यार्थीहरूमाझ ल्याउने उद्देश्यले स्क्रयाबल खेलको बारेमा विद्यार्थीहरूलाई अभिमुखिकरण गराइन लागेको स्क्रयाबल क्लब नेपाल कञ्चनपुरका संयोजक प्रजापति नेगीले बताएका छन्। ‘यो एउटा वर्ड गेम हो, जसबाट विद्यार्थीहरू आफ्नो सोच्ने क्षमता र शब्द सामर्थ्य विकास गर्न सक्नेछन्।’  उनले भने, ‘कञ्चनपुरमै पहिलोपटक यो खेलको बारेमा विद्यार्थीहरूलाई अभिमुखिकरण गराउन लागेका छौँ र उक्त कार्यक्रम कञ्चनपुरका सम्पूर्ण पालिकाहरूमा गर्ने लक्ष्य लिएका छौँ।’ साथै सम्पूर्ण पालिकाहरूमा अभिमुखिकरण गराईसके पश्चात जिल्ला स्तरिय स्क्रयाबल प्रतियोगिता समेत आयोजना गरिने उनको भनाई रहेको छ।

World Link Ads

Sana Kishan

नेपाल स्क्रयाबल क्लब सुदूरपश्चिमका संयोजक अपर्णा भट्टले स्क्रयाबल एउटा अन्तरराष्ट्रीय खेल भएको बताउँदै विद्यार्थीहरूलाई यो बारेमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिरहेको बताईन्। साथै उनले सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा गएर समेत विद्यार्थीहरूलाई यो खेलको बारेमा अभिमुखिकरण गराउने लक्ष्य आफुले लिएको बताईन्।

त्यसैगरी उक्त कार्यक्रमको आयोजना गरिरहेको अमेरिकन कर्नर धनगढीका कार्यक्रम संयोजक दिव्या बमले स्क्रयाबल खेलले सोच्ने र बच्चाहरूले वर्ड बनाउने शक्तिको विकास गर्ने हुँदा कैलाली र कञ्चनपुरका विभिन्न पालिकाहरूमा गएर यो खेलको बारेमा विद्यार्थीहरूलाई अभिमुखिकरण गराइन लागेको बताईन्। उक्त कार्यक्रमको सहआयोजना जनज्योति माध्यमिक विद्यालय र एसपिए स्पोर्टस क्लब धनगढीले गरेको थियो जसमा भीमदत्तका १५ विद्यालयका ६० भन्दा बढि विद्यार्थी सहभागी भएका थिए।

 

 

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.