सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्तका नदीखोला उत्खनन्मा बेथिति : कसैलाई रोयल्टी बिनै उठाउन दिने, केहीलाई रोयल्टी काटेर पनि उठाउन नदिने

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेका नदीखोलाबाट नदीजन्य पदार्थ उत्खनन्मा फेरी बेथिति मच्चिएको छ ।

चालु आर्थिक बर्ष ०८०-०८१मा भीमदत्त नगरको क्षेत्रमा रहेका महाकाली नदी बाहेक अन्य नदीखोलामा पालिका आफैले अमानतमा रोयल्टी संकलन गरिरहेको छ ।

ठेक्का दिएको महाकाली सहित अमानतमा संकलन भईरहेको भीामदत्त नगरका खोलानदीबाट मापदण्ड विपरित जेसिभी मेसिन प्रयोग गरेर खोला नदी दोहान भईरहेका छन।

एकातिर नदीखोला मापदण्ड विपरितदेखि अर्कातिर राजस्वमा समेत छली बदमासी भईरहेको भन्दै निर्माण व्यवसायीले पालिकाको ध्यानाकर्षण गराएका छन ।

Mahakali Polytechnic

नदीजन्य पदार्थ संकलन बिक्रि वितरणमा बेथितिदेखि आफु निकटलाई मात्रै नदीजन्य पदार्थ ल्याउन दिने प्रवृति हावि भएकाले भन्दै केही निर्माण व्यवसायीले पालिका गुहार गरेका छन ।

World Link Ads

निर्माण व्यवसायीले कसैलाई रोयल्टी बिनै उठाउन दिने, अनि वास्तविक निर्माण व्यवसायीलाई रोयल्टी काटेर पनि उठाउन नदिने प्रवृति हावि भएको भन्दै भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम र उपप्रमुख निलम लेखकको ध्यानाकर्षण गराएका छन ।

Sana Kishan

निर्माण व्यवसायी दिनेश भट्टले भीमदत्त नगरपालिकाबाटै चालु आर्थिक बर्षमा योजना ठेक्का पाएपनि कच्चा पदार्थ नपाउँदा समस्या भएको बताए ।

उनले ठेक्कामा समावेस भएको स्टमेट अनुरुप रौटेला खोलाबाट ढुङ्गा, ग्राभिल हाल्नुपर्ने भएको र त्यहाँबाट ल्याउने क्रममा भीमदत्त नगरपालिका रोयल्टी संकलनकर्ताहरुले उठाउनै नदिएको बताए ।

हामीले त्यहाँबाट ग्राभिल ल्याउँन खोज्दा ल्याउन दिदैनन, ‘उनले भने, ‘रोयल्टी संकलनका लागि भीमदत्त नगरपालिबाट खटिएका कर्मचारीले आफ्ना मालिकको मात्रै सवारी साधन खोलामा जान दिन्छन, हाम्रा फकाईदिन्छन ।

’स्थानीय व्यवसायी गजेन्द्र बहादुर थापाले महाकाली नदीमा सम्झौता मापदण्ड विपरित उत्खनन्. हुँदा समेत पालिका सहितका सरोकारवाला निकाय मौन बसेको बताए ।

यहाँ सबै सेटिङ्गमा गैर कानुनी रुपमा मापदण्ड विपरित नदीखोला दोहन भईरहेका छन, ‘उनले भने, ‘महाकाली नदीबाट मात्रै सम्झौता भन्दा बढि नदीजन्य पदार्थ संकलन गरेर राजमार्ग क्षेत्रमा थुपार्ने काम भयो, अब राजस्व अनुरुप संकलन गरे नगरेको विषयमा पालिकाले अनुगमन गर्नुप¥यो ।

यसरी राजस्व चुहावट हुँदा समेत पालिकालाई चिन्ता नै नहुँदा बाध्य भएर व्यवसायीले पालिकालाई घचघच्याउनु परेको उनले बताए ।

भीमदत्त नगरका युवा समाजसेवी दिपेन्द्र सिह ऐरीले गैर कानुनी काम हुँदा समेत पालिका नेतृत्व किन चुप लागेर बसेको भन्दै प्रशन गरेका छन । उनले काम गर्ने निर्माण व्यवसायीलाई सहयोग र नगर्नेमाथि कार्बाहीको माग अघि सारेका छन ।

युवा निर्माण व्यवसायी दिपक भट्टले निर्माण व्यवसायीलाई जहाँबाट लिड भयो, त्यहीबाट कच्चा पदार्थको सहज आपूर्तिका लागि पालिकाले भूमिका खेल्नुपर्ने जोडदिए ।

निर्माण व्यवसायी संघका अध्यक्ष निरन्जन प्रशाद भट्टले रौटेला खोलामा पालिका जनप्रतिनिधीबाटै आम निर्माण व्यवसायीलाई सहजै नदीजन्य पदार्थ ल्याउन नदिने काम भईरहेको भन्दै दुख व्यक्त गरेका छन ।

यो रौटेला खोला एक व्यक्तिको होकी सबैको हो, हाम्रा निर्माण व्यवसायी साथिहरुले रोयल्टी काटेर पनि ल्याउन नपाउने अरुले सेटिङ्ग गरेर रोउल्टी नकाट्दा समेत धमाधम ल्याईरहेका छन ।

महाकाली नदीदेखि रौटेला खोलासम्म जताजतै सेटिङ्ग, बेथिति भईरहेको छ, यसरी अन्य व्यवसायीलाई रोयल्टी काटेर ग्राभिल ल्याउन देउ भन्दा पनि नदिने काम भएको भन्दै अध्यक्ष भट्टले राजनीतिक सरक्षणमा निर्माण व्यवसायीमाथि निषेध गरिएको बताए ।

‘यो सरासर आर्थिक, राजनीतिक संरक्षण भयो, यसमा जनप्रतिनिधीको मिलोमतो छ, प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिदा फेरी भीमदत्त नगरमा रोयल्टीमा बेथिति, अराजकता र भ्रष्टाचारको गन्ध आईरहेको छ, ‘उनले भने, ‘यतिसम्म निर्माण व्यवसायीलाई अन्याय हुँदा समेत पालिका सरकार चुपचाप बसेको छ ।

भीमदत्त नगरपालिकाले चालु आर्थिक बर्षमा नगरभित्र ठेक्का र अमानतमा संकलन भईरहेको नदीजन्य पदार्थमा गडबड नभएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले रौटेला खोलामा भईरहेको समस्या बारे अध्ययन गरिने बताए ।

रोयल्टी काट्ने कर्मचारीबाट बदमासी भए कार्बाही गरिने प्रमुख प्रशासकीय अधिकृत बमले बताए ।

उपप्रमुख निलम लेखकले समेत उक्त विषयमा अवरोध गर्ने पक्षहरुलाई एक पटक बोलाएर सम्झाई बुझाई गरिने नमाने कानुनी प्रकृयामा जाने चेतावनी दिईन ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds