सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानाध्यापक संघ सुप प्रदेशको अध्यक्षमा भट्ट

कञ्चनपुर – नेपाल प्रधानाध्यापक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लक्ष्मण दत्त भट्ट चयन भएका छन । धनगढीमा सम्पन्न भएको सुप प्रदेशका केही सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भेलाले अध्यक्षमा भट्टलाई चयन गरेको हो । 


त्यसैगरी उपाध्यक्ष जितेन्द्र पौडेल, महासचिव विष्णु सिह भण्डारी ,सचिव विष्णु दत्त भट्ट, सदस्य सचिव पदम बहादुर शाह ,कोषाध्यक्ष विमला बोकटी , उपकोषाध्यक्ष केशव राज ओझा चयन भएका छन । यस्तै सदस्यहरू तर्फ जगदीश प्रसाद चटौत (डडेलधुरा),  पदम राज जोशी (बैतडी), तर्क राज जोशी (कैलाली), शुभराम पाध्याय (बाजुरा), रामदत्त जोशी (दार्चुला), देवेन्द्र बहादुर शाह (अछाम), रमेश ओझा (डोटी), भवानी प्रसाद पन्त (कञ्चनपुर), सिताराम अवस्थी ,महेश दत्त भट्ट , निर्प बहादुर बिक, बेद प्रकाश जोशी, कृष्ण राज पाठक रहेका छन । सुदूरपश्चिम प्रदेश अध्यक्ष लक्ष्मण दत्त भट्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्रधानाध्यापकहरूको हक, हित र अधिकारका लागि कटिबद्ध भएर प्रदेश समिति निरन्तर लागि पर्ने बताए ।

Sana Kishan


कार्यक्रममा नेपाल प्रधानाध्यापक संघका सचिव बेग बहादुर थापाले एकैदिन ७ वटै प्रदेशमा एकसाथ नेपाल प्रधानाध्यापक संघ प्रदेश स्तरीय सम्मेलन सम्पन्न गरिएको बताए । सबै जिल्लाहरूमा प्रधानाध्यापक संघ नेपाल गठन गरिने र आउँदो २६ र २७ जेठ काठमाडौंमा केन्द्रिय सम्मेलनको आयोजना गरिएको बताए । यसैबीच कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका  मुख्य सचिव  डा. हरि लम्सालले सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा असल नेतृत्व आवश्यक हुनुपर्ने र असल नेतृत्वका लागि प्रधानाध्यापकहरू विद्यालयमा समर्पित भई आफ्नो मर्यादालाई नबिर्सी कटिबद्ध भएर  पेशामा लाग्नुपर्ने बताए । 

World Link Ads
Mahakali Polytechnic

साथै प्रधानाध्यापक संघ नेपाल अङ्ग्रेजीमा प्रिन्सिपल्स एसोसियसन अफ नेपाल  एब्ल् एउटा गैर राजनैतिक विशुद्ध  पेशागत संस्था रहेकाले निरन्तर विद्यालय सुधारमा लाग्ने कुरामा आफूलाई विश्वास रहेको बताए । कैलालीका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख  बैकुण्ठ प्रसाद सुवेदीले विद्यालयहरूमा भैइरहेका असल अभ्यासहरू एक आपसमा आदानप्रदान गर्नुपर्नेमा जोड दिएका छन ।

Dirghayu Ads

साथै  प्रधानाध्यापकहरूले भोग्नु परेको समस्या समाधानका लागि एकतावद्ध  हुनु राम्रो संकेत भएको कुरा समेत बताए । कार्यक्रममा नेपाल प्रधानाध्यापक संघका केन्द्रिय सचिव बेग बहादुर थापा आफूलाई अब्बल नेतृत्वको रुपमा सावित गर्न पेशागत क्षमता अभिवृद्धि गर्न समेत यस संस्था आवश्यक रहेको औँल्याए ।  उनले आफ्नो पेशालाई मर्यादित बनाउन र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै प्रधानाध्यापकहरूलाई जुट्न आग्रह गरेका छन् । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.