सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर पर्यटन महोत्सवमा स्थानीय खानाका परिकार प्रवर्द्धनमा जोड

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हिजोबाट सुरु भएको छ । उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजनामा हुन गइरहेको मेलामा स्थानीय संस्कृति तथा स्थानीय खानाका परिकारहरू पनि महत्व दिइएको छ ।

Sana Kishan


महोत्सवमा स्थानीय युवा हिक्मत बहादुर बम र निरज कार्कीले मिलेर सुदूरपश्चिमका स्थानीय खानाका परिकारहरू राखेका छन् । उनीहरूले स्टलमा मकैको रोटी , कोदोको रोटी तथा माणा (चामलको पिठोबाट बन्ने रोटी) लगायतका अन्य परिकार राखिएका छन् । स्टल सञ्चालक हिक्मत बहादुर बमले स्थानीय खानालाई प्रवर्द्धन र मौलिक संस्कृतिलाई जगेर्ना गर्ने हेतुले यो स्टल राखिएको बताए । उनले भने  ‘पछिल्लो समय हाम्रा परम्परागत खानाका परिकार दिन प्रतिदिन लोप हुँदै गएका छन् । स्थानीय खानालाई प्राथमिकता दिएर त्यसको बजारीकरण गर्न र स्थानीय खानालाई व्यावसायिकता सँग जोड्न यो स्टल राखेका छौ।’


उद्योग वाणिज्य संघ कञ्चनपुरका सचिवालयका सहसंयोजक पुष्कर बहादुर साउदले औद्योगिक व्यापार मेलामा व्यवसायी र उपभोक्ता बीचको समान किनबेचको वातावरण सिर्जना गरिएको बताए । साउदका उनका अनुसार मौलिक खाना, कृषि उत्पादन, थारू संस्कृति जस्ता कुरामा विशेष प्राथमिकता प्रदान गरिएको छ । फागुन २१ गते उद्घाटन गरिएको महोत्सव १० दिन सम्म चल्ने छ । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा २ लाख दशकले मेला अवलोकनदेखि ५ करोडको कारोबार हुने अनुमान गरिएको छ । मेला अवलोकनका लागि विद्यार्थी तर्फ ५० र सर्वसाधारण एक सय रुपैयाँ निर्धारण गरिएको छ । मेला ३० फागुनसम्म सञ्चालन हुनेछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.