सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु 

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको हो । 


सोमबारदेखि ‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ उद्योग वाणिज्य संघले १५ औँ संस्करणको औद्योगिक व्यापार मेला संचालन भएको छ । महोत्सवको पुर्व भौतिक पूर्वाधार मन्त्र्री एव स्रंसद रमेश लेखकले उद्घाटन गर्दै मेलाबाट आर्थिक विकास केन्द्र्रीत हुनुपर्नेमा जोडदिए । पुर्वमन्त्री लेखकले कञ्चनपुरलाई औद्योगिक ब्यापार मेलाका माध्यमबाट त्रिदेशीय नाकाकै रुपमा विकास गर्नुपर्ने बताए । ‘यो जिल्ला रणनीतिक सम्बन्ध बोकेको जिल्ला हो, ‘दोधाराचाँदनीमा सुख्खा बन्दरगाहदेखि महाकाली कोरिडोर हुँदैउत्तर चिनमा जोड्छ, ‘उनले भने, ‘औद्योगिक ब्यापार मेला र विकासमा राजनीति गर्नुहुन्न, हामी सबै मिलेर विकास गर्नुपर्छ ।’ आयोजकले संसद लेखकलाई १५किलोको हजारीफुलको माला समेत लगाएका थिए । 


सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीले औद्योगिक ब्यापार मेलाबाट पर्यटन क्षेत्रको प्रर्बद्धनमा प्रदेश सरकारले समेत साथ दिने बताए । सुप प्रदेशका निर्वतमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले आफ्नो मौलिक धर्म, संस्कृति, प्रर्बद्धनमा जोडदिए । । सुप प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री प्रकास रावलले सुक्खा बन्दरगाह निर्माणमा जोडदिए । सुप प्रदेशका प्रदेश सभा सदस्य बीर बहादुर थापा(पातल)ले जिल्लाकै विकासका लागि सबै दल अग्रसर हुनुपर्ने बताए । अर्का प्रदेश सभा सदस्य मधु भारतीले समेत मेला महोत्सवबाट उद्यम विकासमा जोडदिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंग बहादुर मल्लले कञ्चनपुरको औद्योगिक पर्यटन बृद्धि विकासमा जोडदिए । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले स्थानीय बस्तु, सेवा, कला, संस्कृतिको प्रर्बद्धनका लागि ०५७ देखि ०८० सम्म आईपुग्दा १५ औँ संस्करको मेला संचालन गर्न लागेको बताए । 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan


स्थानीय स्तरमा उत्पादित कृषि, खाद्य सहितका बस्तु तथा सेवाका प्रचारप्रसार, प्रर्बद्धन बजारीकरणका लागि मेला संचालन गर्न लागेको बताए । महासचिव बोहराले दश दिनसम्म संचालन हुने महोत्सवमा ३सय स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मोन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार, सुचना ‘यस पटक हामीले थारु समुदायको संस्कृति खाद्य परिवार प्रर्बद्धनका छुट्टै ‘थारु गाँउ’ बनाएर खाने परिकार, संस्कृति कला प्रर्दशन पनि गरेका छौँ, ‘महासचिव बोहरा भने, ‘यो महोत्सवको मुख्य आकर्षण पनि हुनेछ ।’ स्थानीय तथा राष्ट्रिय कलाबारबाट समेत विवित साँस्कृतिक कला प्रस्तुत हुनेछ । उनले सीमावर्ती भारतसंग जोडिएको कञ्चनपुर भएकाले महोत्सवमा भारतीय दर्शकहरु समेत भ्रित्राउने बताए । 

Dirghayu Ads


कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले विगत २२ बर्षदेखि नियमित संचालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए । अध्यक्ष जोशीका अनुसार महोत्सवबाट लगानीको अवसर सृजना गर्ने, सहकारी, वित्तिय क्षेत्र बैंकिङ्ग क्षेत्रका सेवा सुविधा विस्तार गर्ने, लगानीका क्षेत्रको खोजी प्रचारप्रसारदेखि स्थानीय स्तरमा रोजगारी सृजना गर्दै आर्थिक विकास गर्ने उदेश्य रहेको बताए । 


अध्यक्ष जोशीले महोत्सवबाट संकलन हुने हरेक टिकको पाँच रुपैया विनियोजन गरेर समाजिक कामका खर्च गरिने बताए । उनका अनुसार शिक्षा, स्वास्थ्य, अनाथ बालबालिका, बेसाहरा नागरिकको समाजिक विकासका लागि उक्त टिकट बाट छुट्टाईएको रकम खर्च गरिनेछ ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । बरिष्ठ उद्योगीद्वय खगेश्वर बोहरा, यूग बहादुर भाट, महिला उद्यमी माया भट्ट, बेलडाँडीका उद्योगी भीम ब. थापा, शिक्षा क्षेत्रमा योगदान गरेबाफत प्रेमसिह बोहरा, खेलकुद तर्फ राजेन्द्र चन्द, विष्णूदत्त भट्टलाई प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ । समापन मन्तव्य कञ्चनपुर उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुरेश गुरुङ्गले राख्दै सबैलाई धन्यवाद प्रकट गरेका थिए । महोत्सव सफल पार्नका लागि वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १सय ५१ सदस्यीय मुल आयोजक समिति र विभिन्न १६ उप समिति समेत गठन गरिएका छन । मुल आयोजक समितिमा संघका बरिष्ठ उपाध्यक्ष मल्ल सह संयोजक तथा महासचिव खगेश्वर बोहरा सदस्य सचिव रहेका छन । 


संघका निवर्तमान अध्यक्ष जंग बहादुर मल्लको संयोजकत्वमा अतिथि सत्कार समिति, बरिष्ठ उपाध्यक्ष दिनेश मल्लको संयोजकत्वमा सुरक्षा समनवय तथा यातायात समिति, प्रथम उपाध्यक्ष सुरेश गुरुङ्गको सयोजकत्वमा बाल उद्यान समिति, वाणिज्य उपाध्यक्ष धर्मसिह रावलको संयोजकत्वमा पर्यटन प्रर्बद्धन, महासचिव खगेश्वर बोहराको सयोजकत्वमा सचिवालय समिति संयोजक, सचिव राहुल भट्टको संयोजकत्वमा खानेपानी, विद्युत तथा सरसफाई व्यवस्थापन समिति, कोषाध्यक्ष चेतराज जोशीको संयोजकत्वमा आर्थिक तथा साँस्कृतिक समिति, सदस्य गोपाल बुढापालको संयोजकत्वमा प्रंचारप्रसार समिति, सदस्य नरेन्द्र प्रशाद जोशीको सयोजकत्वमा स्टल बुकिङ्ग समिति, सदस्य प्रेम प्रकास पाठकको सयोजकत्वमा कृषि, प्रर्बद्धन समिति, सदस्य प्रदिप पालको संयोजकत्वमा पार्किङ्ग व्यवस्थापन समिति, सदस्य विशाल सोनारको संयोजकत्वमा स्टल निर्माण तथा मञ्च व्यवस्थापन समिति, सदस्य भोजराज अवस्थीको संयोजकत्वमा साउण्ड सिष्टम व्यवस्थापन समिति, सदस्य मिनराज भट्टको संयोजकत्वमा टिकट व्यवस्थापन समिति र सदस्य रामचन्द्र बुडाको संयोजकत्वमा ब्यानर प्रायोजन तथा व्यवस्थापन समितिको जिम्मेबारी दिएको छ । १० दिनसम्म संचालन हुने महोत्सवमा २ लाख दशकले मेला अवलोकनदेखि ५ करोडको कारोबार हुने अनुमान गरिएको छ । मेला अवलोकनका लागि विद्यार्थी तर्फ ५० र सर्वसाधारण एक सय रुपैया निर्धारण गरिएको छ । मेला ३० फागुनसम्म संचालन हुनेछ । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.