सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिल्ला व्यापी जनचेतनामूलक कार्यक्रम अन्तर्गत चौथो दिन ज्येष्ठ नागरिकको छोराबुहारी प्रतिको उत्तरदायित्व विषयमा प्रशिक्षण

कञ्चनपुर – कञ्चनपुरमा राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरको आयोजनामा जिल्ला व्यापी जनचेतनामूलक कार्यक्रम अन्तर्गत तेस्रो दिन ज्येष्ठ नागरिकको छोराबुहारी, नातिनातिना प्रतिको उत्तरदायित्व विषयमा प्रशिक्षण गरिएको छ। सोमबार भीमदत्त नगरपालिका १८ मा रहेको राधाकृष्ण मन्दिरको प्राङ्गणमा प्रमुख प्रशिक्षक जनज्योति बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख बिरेन्द्र सिह साउदले प्रशिक्षण गराएका हुन्।


उक्त कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल भीमदत्तका नगर संयोजक जयानन्द बडुको सभापतित्व रहेको थियो भने राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गंगाराम गिरीको प्रमुख आतिथ्य रहेको थियो। 

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

जिल्ला व्यापी जनचेतनामूलक कार्यक्रमका प्रशिक्षक बिरेन्द्र सिह साउदले ज्येष्ठ नागरिकको छोराबुहारी, नातिनातिना प्रतिको उत्तरदायित्व लगायतका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए। ज्येष्ठ नागरिक समाज नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरको आयोजनामा फाल्गुन १४ देखि जिल्ला व्यापी जनचेतनामूलक कार्यक्रम २०८० सुरु गरिएको थियो। ज्येष्ठ नागरिक समाज नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरले जिल्लाका विभिन्न ठाउँहरूमा सचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ। 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.