कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित रेडियन्ट सेकेन्डरी स्कुलको २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। सोमबार सम्पन्न उक्त कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. भवानी दत्त जोशीको सभापतित्व रहेको थियो ।
भीमदत्तका नगर प्रमुख बोगटीले विद्यालयले शिक्षाको क्षेत्रमा पुगाएको योगदानको कदर गर्दै पालिकाबाट सकिने सम्पूर्ण सहयोग गर्न तत्पर रहने बताए। कार्यक्रममा विद्यालयका त्रिभुवन कुमार भट्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले २०५७ सालमा सञ्चालन भएको उक्त विद्यालयमा हाल १३८९ विद्यार्थी रहेको बताए। साथै उनले वार्षिकोत्सवमा विद्यालय स्थापना र सञ्चालन गर्न सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको बताए।