सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नगर प्रमुख बोगटीले गरे मल्टिपर्पोज भवनको उद्घाटन

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले सामुदायिक बहुउद्देश्य (मल्टिप्रपोज) भवनको उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमका बिच भवनको उद्घाटन गरिएको हो ।  

जापान सरकारको (जेएफपिआर) अन्तर्गत एशियाली विकास बैंकको अनुदानमा भीमदत्त नगरपालिका–०४ मा निर्मित उक्त भवनको आइतबार नगरप्रमुख बोगटीले उद्घाटन गरेका हुन् । महामारी, बाढी, पहिरो लगायतका विपद्को समयमा स्वास्थ्य संरचना आवश्यक पर्ने कुरालाई मध्यनजर गर्दै निर्माण गरिएको उक्त भवनमा अक्सिजन जडित आइसोलेसन वार्ड, सहितको सुविधा रहेको छ । 

Sana Kishan

भवनमा छुट्टाछुट्टै महिलाका लागि ८ शैया  र पुरुषका लागि ८ शैया गरी जम्मा १६ शैया रहेका छन् । उक्त भवन पूर्णरुपमा अपाङ्गमैत्री समेत रहेको छ । भवनका लागि भीमदत्त नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो । आइतबार उक्त भवनको स्वामित्व नगरपालिकालाई हस्तान्तरण समेत गरिएको छ ।  

World Link Ads
Mahakali Polytechnic

भवन निर्माण गरिएकोमा धन्यवाद दिदैँ नगरप्रमुख बोगटीले विपद्का समयमा उक्त भवन तथा संरचना भीमदत्त नगरपालिकालाई ठुलो सहयोग हुने बताए । भीमदत्त नगरपालिकामा निर्मित सो भवन प्रसस्त जग्गाका कारण अन्य पालिकाको भन्दा राम्रो रहेको खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभागका इन्जिनियर किशोर पन्थीले बताए । 

Dirghayu Ads

भीमदत्त नगरपालिका-०४ का वडाध्यक्ष सुशील भट्टको अध्यक्षतामा सम्पन्न उक्त  कार्यक्रममा नगर उपप्रमुख नीलम लेखक जोशी, वडाध्यक्ष, खानेपनी विभागका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.