सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एनआर्ईसि एसिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कञ्चनपुर – एनआर्ईसि  एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले  कञ्चनपुर महेन्द्रनगरमा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले माझगाँउ शाखा अन्तर्गतका ५४ जना समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो।

No description available.

उक्त कार्यक्रमका प्रमुख अतिथि कलुवापुर उप प्रदेश कार्यालयका अनुगमन अधिकृत भुवन राज पाठकले वित्तीय साक्षरता सम्बन्धी शिक्षा, कर्जा, बचत बारे जानकारी विद्यमान लघुवित्तका समस्या, त्यसका समाधान र लघुवित्त किन आवश्यक छ भन्नेबारे जानकारी साथै  आधुनिक डिजिटल प्रविधि तथा मोबाइल बैंकसँग सम्बन्धित विषयमा प्रशिक्षण गराएको जनाइएको छ। 

World Link Ads
Mahakali Polytechnic

No description available.

Dirghayu Ads

कार्यक्रममा शाखामा भएका कुल २५३ वटा समूहमध्येबाट ३ वटा समूह पुरस्कृत भएको तथा उत्कृष्ट ऋणीमा केन्द्र नं.२१६ कि सदस्य जानकी सार्की उत्कृष्ट बचतकर्तामा केन्द्र नं.०६० कि सदस्य श्री जानकी रावल उत्कृष्ट केन्द्र प्रमुखमा केन्द्र नं.०२० कि सदस्य शारदा देवी पाठकलाई सम्मान समेत गरिएको अनुगमन अधिकृत पाठकले बताए । 

Sana Kishan

No description available.

कार्यक्रमको सञ्चालन शाखाका शाखा प्रमुख धर्मानन्द जोशीले गरेका थिए भने भने स्वागत मन्तव्य तथा कार्यक्रमको संक्षिप्‍त परिचय शाखा कार्यालय दोधारा चाँदनीका शाखा प्रमुख हिरण्ड कुमार विष्टले जानकारी गराएका थिए। 

No description available.

कार्यक्रममा शाखा कार्यालय मझगाँउका कर्मचारी लगायत समाजसेवी व्यक्तिहरूको  सहभागिता रहेको थियो। कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या समाधानका लागि सामूहिक सहयोग, सामूहिक प्रयासमा सदस्यहरूको अहम् भूमिका रहेको तथा यस्ता वित्तीय कार्यक्रम बाट त्यसका लागी सहयोग पुग्ने  विश्वास  लिइएको जनाइएको छ । कार्यक्रममा शाखाद्वारा सञ्चालित केन्द्र नं. १७८ कि प्रमुख धना देवी कुवँरको अध्यक्षता रहेको थियो। 

No description available.

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.