सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अन्तर्राष्ट्रिय नारी दिवस मनाउने सम्बन्ध बारे भीमदत्तले चलायो बृहत् छलफल

कञ्चनपुर – अन्तर्राष्ट्रिय नारी दिवस मनाउने सम्बन्ध बारे भीमदत्त नगरपालिकाले सरोकारवालाहरू सँग बृहत् छलफल गरेको छ ।

शुक्रवार भीमदत्त नगरपालिकाले विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरू, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, जनप्रतिनिधी सञ्चारकर्मीहरूसँग अन्तराष्ट्रिय नारी दिवसमा कस्ता कार्यक्रम गर्दा प्रभावकारी होला ? के कसरी कार्यक्रम मनाउन सकिन्छ ? भनेर छलफल गरेको भीमदत्त नगरपालिकाकी उपप्रमुख तथा कार्यवाहक निलम लेखक जोशीले जानकारी गराउनु भयो ।

Sana Kishan

उहाँका अनुसार सहभागीहरूको सुझाव अनुसार कार्यक्रम गर्ने तय भएको जनाए । दिवसको अवसरमा भीमदत्त नगरपालिका बाट श्रमिक महिलाहरू ,निर्वाचित महिला जनप्रतिनिधि , संघ संस्थामा कार्यरत महिला कर्मचारीहरू बिच भलिबल, कबड्डी खेलहरूको आयोजना गरिने र रेडियो कार्यक्रम मार्फत विभिन्न क्षेत्रमा कार्यरत महिलाहरू को जीवनमा आधारित रेडियो कार्यक्रमको पनि आयोजना गरिने जनाउनु भयो ।

World Link Ads
Mahakali Polytechnic

सहभागीहरूले महिलाहरूलाई बढी भन्दा बढी सहभागी गराउने खालका कार्यक्रमहरूको आयोजना गर्न सुझाव दिएका थिए । साप्ताहिक रुपमा यो कार्यक्रमको आयोजना गरिनु पर्ने र विभिन्न कार्यक्रमको आयोजना गर्दा सबै गैर सरकारी संस्थाहरू, अधिकारकर्मीहरू, सञ्चारकर्मीहरूलाई पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.