सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साउदी अरेबियामा नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई सम्मान

विकास सिह महता, कञ्चनपुर – साउदी अरेबियामा नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई सम्मान गरिएको छ।साउदी अरेबियाको जेद्दाहस्थित अन्तरास्ट्रिय विमानस्थलमा वाफ विमिन्स च्याम्पियनसिप-२०२४ को उपविजेता नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई सम्मान साथ बिदाई गरिएको छ।

शुक्रबार एनआरएनए एनसिसी साउदी अरब , सुदूरपश्चिमेलि नेपाली समाज साउदी अरेब, संघीय लिम्बूवान सामाजिक मञ्च साउदी अरब जेद्दाहस्थित रहेका विभिन्न संघसंस्था, व्यक्ति लगायतले नेपाली फुटबलको प्रोत्साहनका लागि स्वदेश फर्किन लागेको नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई विमानस्थल मै सम्मान साथ बिदाई गरिएको हो।

महावाणिज्य दूतावासका महावाणिज्यदूत सत्रुध्वन पोख्रेल, श्रम सहचारी ताम्राराज काफ्ले, एनआरएनए साउदी अरबकी अध्यक्ष रबिना अर्याल, एनआरएनए आइसिसी मध्य पुर्व संयोजक राजेन्द्र जोन अर्याल, संघीय लिम्बुवान सामाजिक मञ्चका संरक्षक श्रीप्रसाद यावा लिम्बु ,नेपाली जनसम्पर्क समिति साउदी अरबका महामन्त्री सुरेश राज त्रिपाटि, राष्ट्रिय प्रजातन्त्र पार्टि पानसका अध्यक्ष कुबेर हुमागाई, सुदूरपश्चिमेलि नेपाली समाज साउदी अरेबियाका अध्यक्ष खेमराज भट्ट , वरिष्ठ उपाध्यक्ष पदम महत, उपाध्यक्ष चक्र मल्ल, उपाध्यक्ष ललित बहादुर सिंह, महासचिव केशव बहादुर सिंह , सचीव केशब सिंह धामी, कोषाध्यक्ष राजेन्द्र पन्त, सह कोषाध्यक्ष राम बहादुर बिष्ट , केन्द्रिय सदस्य बाबुराम रिजाल, केन्द्रिय सदस्य हरी ओझा, केन्द्रिय सदस्य धरम ऐर, केन्द्रिय सदस्य दिपक लुहार लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा प्रोत्साहन रुप सम्मान गरेको सुदूरपश्चिमेली नेपाली समाजका वरिष्ठ उपाध्यक्ष पदम महतले बताएका छन्।महतका उनका अनुसार नेपाली महिला राष्ट्रिय फुटबल टिम खेलाडी , व्यवस्थापक , प्रशिक्षक, लगायत सम्पुर्ण टिमलाई सम्मान पत्र, आर्थिक स्वरुप सम्मान गरिको हो। नेपाली महिला टिम स्वदेश फिर्ता भैसकेको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds