सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर पर्यटन महोत्सवमा पहिलो पटक थारू गाउँको स्टल राखिदै

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा हुने सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा पहिलो पटक थारू गाउँको छुट्टै स्टल राखिने भएको छ ।  आउँदो २१ फागुनदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा पहिलो पटक थारू गाउँको छुट्टै स्टल राखिने भएको छ । 


‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ यस पटक उद्योग वाणिज्य संघले १५ औँ संस्करणको औद्योगिक व्यापार मेला सञ्चालन गर्न लागेको छ । मेला सञ्चालन गर्न लागेको दुई दशक भन्दा बढि समय २३ औँ वर्षमा थारू गाउँको छुट्टै स्टल राखिने भएको आयोजकले जनाएको छ । ०५७ देखि ०८० सम्म आइपुग्दा १५ औँ मेला संस्करणमा कैलाली कञ्चनपुरका थारू समुदायको लोक संस्कृतिका साथै मौलिक खाने परिवारको प्रर्दशनी गरिनेछ । 


कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले पहिलो पटक पश्चिम नेपालका थारु समुदायको लोक संस्कृति धर्म, कला पहिरन संरक्षणका लागि थारु गाँउकै स्टल राखिन लागेको बताए । थारु गाँउ स्टलका संयोजक एव कञ्चनपुरका थारु अगुवा बेद प्रशाद चौधरीले लोप भईरहेको थारु समुदायको लोक संस्कृति, धर्म परम्परा, सरक्षण प्रर्बद्धनका लागि छुट्टै स्टल राख्न लागेको बताए । ‘हामीले यस पटकको महोत्सवमा पहिलो पटक थारुगाँउ स्टल राख्न लागेका छौँ, ‘उनले भने, ‘नयाँ पुस्तामा लोप भईरहेको थारु धर्म, सस्कृति, परम्परा सरक्षण, प्रर्बद्धन गर्न खोजेका छौँ ।’

World Link Ads
Mahakali Polytechnic

थारु खाने परिवारलाई बजारिकरण गर्दै थारु समुदायलाई आत्मनिर्भर बनाउने उदेश्य रहेको उनले बताए । ‘हामी अहिले स्टल निर्माणमा खटिएका छौँ, ‘उनले भने, ‘कम्तिमा १२ स्टल राख्ने र थारु समुदायको लोक संस्कृति परम्परा राख्छौँ ।’ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले विगत २२ बर्षदेखि नियमित संचालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए ।

Dirghayu Ads
Sana Kishan

अध्यक्ष जोशीका अनुसार महोत्सवबाट लगानीको अवसर सृजना गर्ने, सहकारी, वित्तिय क्षेत्र बैंकिङ्ग क्षेत्रका सेवा सुविधा विस्तार गर्ने, लगानीका क्षेत्रको खोजी प्रचारप्रसारदेखि स्थानीय स्तरमा रोजगारी सृजना गर्दै आर्थिक विकास गर्ने उदेश्य रहेको बताए । अध्यक्ष जोशीले महोत्सवबाट संकलन हुने हरेक टिकको पाँच रुपैया विनियोजन गरेर समाजिक कामका खर्च गरिने बताए । उनका अनुसार शिक्षा, स्वास्थ्य, अनाथ बालबालिका, बेसाहरा नागरिकको समाजिक विकासका लागि उक्त टिकट बाट छुट्टाईएको रकम खर्च गरिनेछ । कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य तथा स्टल बुकिङ्ग सयोजक विशाल सोनारले यस पटक स्टल खाली नरहने बताए । उनले सबै स्टल बुकिङ्ग हुने भरिभराउ हुने बताए ।
कञ्चनपुर उद्योग वाणिज्य संघका सचिव राहुल भट्टले यस बर्ष मञ्चको स्पेश पुरै लिएको बताए । सचिव भट्टले दर्शकको चाप सुविधालाई मध्य नजर गर्दै स्टलदेखि मञ्च सहित सबै व्यवस्थापन गरिएको बताए ।  महोत्सव सफल पार्नका लागि वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १सय ५१ सदस्यीय मुल आयोजक समिति र विभिन्न १६ उप समिति समेत गठन गरिएका छन । मुल आयोजक समितिमा संघका बरिष्ठ उपाध्यक्ष मल्ल सह संयोजक तथा महासचिव खगेश्वर बोहरा सदस्य सचिव रहेका छन । 


संघका निवर्तमान अध्यक्ष जंग बहादुर मल्लको संयोजकत्वमा अतिथि सत्कार समिति, बरिष्ठ उपाध्यक्ष दिनेश मल्लको संयोजकत्वमा सुरक्षा समनवय तथा यातायात समिति, प्रथम उपाध्यक्ष सुरेश गुरुङ्गको सयोजकत्वमा बाल उद्यान समिति, वाणिज्य उपाध्यक्ष धर्मसिह रावलको संयोजकत्वमा पर्यटन प्रर्बद्धन, महासचिव खगेश्वर बोहराको सयोजकत्वमा सचिवालय समिति संयोजक, सचिव राहुल भट्टको संयोजकत्वमा खानेपानी, विद्युत तथा सरसफाई व्यवस्थापन समिति, कोषाध्यक्ष चेतराज जोशीको संयोजकत्वमा आर्थिक तथा साँस्कृतिक समिति, सदस्य गोपाल बुढापालको संयोजकत्वमा प्रंचारप्रसार समिति, सदस्य नरेन्द्र प्रशाद जोशीको सयोजकत्वमा स्टल बुकिङ्ग समिति, सदस्य प्रेम प्रकास पाठकको सयोजकत्वमा कृषि, प्रर्बद्धन समिति, सदस्य प्रदिप पालको संयोजकत्वमा पार्किङ्ग व्यवस्थापन समिति, सदस्य विशाल सोनारको संयोजकत्वमा स्टल निर्माण तथा मञ्च व्यवस्थापन समिति, सदस्य भोजराज अवस्थीको संयोजकत्वमा साउण्ड सिष्टम व्यवस्थापन समिति, सदस्य मिनराज भट्टको संयोजकत्वमा टिकट व्यवस्थापन समिति र सदस्य रामचन्द्र बुडाको संयोजकत्वमा ब्यानर प्रायोजन तथा व्यवस्थापन समितिको जिम्मेबारी दिएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले स्थानीय स्तरमा उत्पादित कृषि, खाद्य सहितका बस्तु तथा सेवाका प्रचारप्रसार, प्रर्बद्धन बजारीकरणका लागि मेला संचालन गर्न लागेको बताए । महासचिव बोहराले दश दिनसम्म संचालन हुने महोत्सवमा ३सय स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मोन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार, सुचना प्रविधि, विद्युतीय समाग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाहरु प्रर्दशन गरिनेछनमनोरन्जनका लागि बाल उद्यान राखिनेछन । यसका साथै सुदूरपश्चिम प्रदेशको लोक संस्कृति खानाका परिकार समेत प्रर्दशन गरिनेछन । 


सीमावर्ती भारतसंग जोडिएको कञ्चनपुर भएकाले महोत्सवमा भारतीय दर्शकहरु समेत भ्रित्राउने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले विगत २२ बर्षदेखि नियमित संचालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए । अध्यक्ष जोशीका अनुसार महोत्सवबाट लगानीको अवसर सृजना गर्ने, सहकारी, वित्तिय क्षेत्र बैंकिङ्ग क्षेत्रका सेवा सुविधा विस्तार गर्ने, लगानीका क्षेत्रको खोजी प्रचारप्रसारदेखि स्थानीय स्तरमा रोजगारी सृजना गर्दै आर्थिक विकास गर्ने उदेश्य रहेको बताए । 


अध्यक्ष जोशीले महोत्सवबाट संकलन हुने हरेक टिकको पाँच रुपैया विनियोजन गरेर समाजिक कामका खर्च गरिने बताए । उनका अनुसार शिक्षा, स्वास्थ्य, अनाथ बालबालिका, बेसाहरा नागरिकको समाजिक विकासका लागि उक्त टिकट बाट छुट्टाईएको रकम खर्च गरिनेछ । १०दिनसम्म संचालन हुने महोत्सवमा २लाख दशकले मेला अवलोकनदेखि ५करोडको कारोबार हुने अनुमान गरिएको छ । मेला अवलोकनका लागि विद्यार्थी तर्फ ५० र सर्वसाधारण एक सय रुपैया निर्धारण गरिएको छ । महोत्सवको पुर्वमन्त्री एव प्रतिनिधी सभा सदस्य काँग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले गर्ने कार्यक्रम रहेको छ । विगतको मेला भन्दा यस बर्ष थप पुरस्कृत बनाउने आयोजकको संकल्प छ । १० दिनसम्म संचालन हुने महोत्सवमा २लाख दशकले मेला अवलोकनदेखि ५करोडको कारोबार हुने अनुमान गरिएको छ । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.