सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगरमा २२ सटर लगायतका संरचना हटाएर बजार सौन्दर्यकरण गरिदै 

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–०४ मदन चोकस्थित रहेका २२ सटर खाली गरिएको छ । मदन चोक संगैँ टाँसिएका ती २२ सटर एसियाली विकास बैंक (एडिबी) को सहयोगमा भइरहेको सडक निर्माणमा बाधक देखिएपछि नगरपालिकाले ती सटर खाली गराएको हो । 

२०७८ सालदेखी ती सटर भत्काउन प्रयास एवम् पत्राचार गरिएपनि भत्काउन सकिएको थिएन । नगरप्रमुख पदम बोगटीले ती सटरमा व्यवसाय गरिरहेका व्यक्तिहरूसँग समन्वय, छलफल, आग्रह र उनिहरुको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि अहिले सौहार्द्रपूर्ण वातावरणमा व्यापारीहरूले सटर खाली गरेका छन् । ‘२०७८ सालदेखी नै ती २२ सटर लगाएतका संरचाना भत्काउन प्रयास, पत्राचार भएपनि भत्काउन सकिएको थिएन ।’ 

नगरप्रवक्ता पदमराज अवस्थीले भने ‘हामी निर्वाचित भएर आइसकेपछि नगरप्रमुख पदम बोगटीज्यूले ती सटरमा व्यवसाय गरिरहेका व्यक्तिहरुसंग पटक–पटक छलफल,आग्रहउहाँहरुको उचित व्यवस्थापन गर्ने गरि सहमती भएपछि अहिले व्यपारीहरुले आफैँ आफ्ना सटर खाली गरिरहनु भएको छ । ’
उनले अगाडी भने ‘नगरको विकास निर्माणमा देखिएका अन्य समस्या समाधानका लागि अहिले नगरप्रमुखज्यू काठमाण्डौँमा विभिन्न मन्त्रालय, संघसंस्था एवम् विभागहरु धाइरहनु भएको छ । नगरप्रमुखज्यूले २२ सटर खाली गरेर विकास निर्माणमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।’ यस्तै नगरपालिकाले पुरानो जिल्ला प्रशासन कार्यालय अगाडी रहेका खोका छाप्रा समेत हटाइएको छ । 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नगरपालिकाले उक्त क्षेत्रलाई व्यवस्थित र सौन्दर्यकरण गर्ने भन्दैँ त्यहाँ रहेका खोका छाप्रा हटाएको हो । शहिद दशरथ चन्द चोक देखी डिभिजन बन कार्यालय सम्म सडक किनारमा रहेका खोका छाप्रा हटाएर उक्त क्षेत्रलाई सुन्दर र व्यवस्थित गर्ने कार्य भइरहेको नगर प्रवक्ता अवस्थीले बताए । उनकाअनुसार नगरप्रमुखज्यूको कुशल नेतृत्व,निर्णय र समन्वयले बजार क्षेत्रका २२ सटर लगाएत विभिन्न गल्लि, ढल निर्माण कार्य सौहार्दपूर्ण वातावरणमा सम्पन्न भइरहेको छ । 

Dirghayu Ads

यस्तै एडिविको मिसनमा नगरप्रमुख बोगटीको आग्रहमा योजनामा नरहेको बजार क्षेत्रका विभिन्न चोकहरु, जिल्ला प्रशासन कार्यालय देखी शहिद दशरथ चन्द चोक सम्मको सडक किनार सौदर्यकरण, विभिन्न ठाउँमा विश्रामस्थल निर्माण, ५ वटै गल्लिका पछाडी पार्किङकका लागि मार्किङ लगाएतका थप संरचना निर्माण गरिएका छन । 

यस्तै बजार क्षेत्रका सार्वजनिक शौचालय मर्मत एवम् व्यवस्थित र एडिविको दोस्रो चरण ल्याउन समेत पहल भएको नगरप्रवक्ता अवस्थीले बताए । साथै बजार क्षेत्रका अन्य अवैध संरचना एवम अतिक्रमण गरिएका जग्गा समेत खाली गर्नका लागि  नगरपालिकाले तयारी गरिरहेको नगर प्रवत्ता अवस्थीले बताए । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.