सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

फागुन तेस्रो सातादेखि महेन्द्रनगरमा औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव हुने 

कञ्चनपुर – फागुन तेस्रो सातादेखि कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा २१ फागुनदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको हो । 

‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ यस पटक उद्योग वाणिज्य संघले १५ औँ संस्करणको औद्योगिक व्यापार मेला सञ्चालन गर्न लागेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले मेलाको तयारी तिव्र रुपमा अघि बढिरहेको वाणिज्य संघले झण्डै दुई दशक बढि समयदेखि महोत्सव आयोजना गर्दै आएको छ । स्थानीय बस्तु, सेवा, कला, संस्कृतिको प्रर्वद्धनका लागि ०५७ देखि ०८० सम्म आइपुग्दा १५ औँ संस्करणको मेला सञ्चालन गर्न लागेको छ । महोत्सव सफल पार्नका लागि वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक समिति र विभिन्न १६ उप समिति समेत गठन गरिएका छन । 

मूल आयोजक समितिमा संघका बरिष्ठ उपाध्यक्ष मल्ल सह संयोजक तथा महासचिव खगेश्वर बोहरा सदस्य सचिव रहेका छन । संघका निवर्तमान अध्यक्ष जङ्ग बहादुर मल्लको संयोजकत्वमा अतिथि सत्कार समिति, बरिष्ठ उपाध्यक्ष दिनेश मल्लको संयोजकत्वमा सुरक्षा समन्वय तथा यातायात समिति, प्रथम उपाध्यक्ष सुरेश गुरुङको संयोजकत्वमा बाल उद्यान समिति, वाणिज्य उपाध्यक्ष धर्मसिंह रावलको संयोजकत्वमा पर्यटन प्रर्वद्धन, महासचिव खगेश्वर बोहराको संयोजकत्वमा सचिवालय समिति संयोजक, सचिव राहुल भट्टको संयोजकत्वमा खानेपानी, विद्युत तथा सरसफाइ व्यवस्थापन समिति, कोषाध्यक्ष चेतराज जोशीको संयोजकत्वमा आर्थिक तथा सांस्कृतिक समिति, सदस्य गोपाल बुढापालको संयोजकत्वमा प्रचारप्रसार समिति, सदस्य नरेन्द्र प्रसाद जोशीको संयोजकत्वमा स्टल बुकिङ समिति, सदस्य प्रेम प्रकाश पाठकको संयोजकत्वमा कृषि, प्रर्वद्धन समिति, सदस्य प्रदिप पालको संयोजकत्वमा पार्किङ व्यवस्थापन समिति, सदस्य विशाल सोनारको संयोजकत्वमा स्टल निर्माण तथा मञ्च व्यवस्थापन समिति, सदस्य भोजराज अवस्थीको संयोजकत्वमा साउण्ड सिष्टम व्यवस्थापन समिति, सदस्य मीनराज भट्टको संयोजकत्वमा टिकट व्यवस्थापन समिति र सदस्य रामचन्द्र बुडाको संयोजकत्वमा ब्यानर प्रायोजन तथा व्यवस्थापन समितिको जिम्मेबारी दिएको छ । 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले स्थानीय स्तरमा उत्पादित कृषि, खाद्य सहितका बस्तु तथा सेवाका प्रचारप्रसार, प्रर्वद्धन बजारीकरणका लागि मेला सञ्चालन गर्न लागेको बताए । महासचिव बोहराले दश दिनसम्म सञ्चालन हुने महोत्सवमा ३ सय स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मेन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्वद्धन, गुणस्तरीय दैनिक उपभोग्य सामाग्री, कृषि औजार, सूचना प्रविधि, विद्युतीय सामाग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाहरू प्रर्दशनी गरिनेछन् । मनोरञ्जनका लागि बाल उद्यान राखिनेछन् । यसका साथै सुदूरपश्चिम प्रदेशको लोक संस्कृति खानाका परिकार समेत प्रर्दशनी गरिनेछन् । ‘यस पटक हामीले थारू समुदायको संस्कृति खाद्य परिवार प्रर्वद्धनका छुट्टै ‘थारु गाँउ’ बनाएर खाने परिकार, संस्कृति कला प्रर्दशनी गछौँ, ‘महासचिव बोहरा भने, ‘यो महोत्सवको मुख्य आकर्षण पनि हुनेछ ।

Dirghayu Ads

स्थानीय तथा राष्ट्रिय कलाकारबाट समेत विविध सांस्कृतिक कला प्रस्तुत हुनेछ । उनले सीमावर्ती भारतसँग जोडिएको कञ्चनपुर भएकाले महोत्सवमा भारतीय दर्शकहरू समेत भित्राउने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले विगत २२ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको वृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए । अध्यक्ष जोशीका अनुसार महोत्सवबाट लगानीको अवसर सृजना गर्ने, सहकारी, वित्तिय क्षेत्र बैङ्किङ क्षेत्रका सेवा सुविधा विस्तार गर्ने, लगानीका क्षेत्रको खोजी प्रचारप्रसारदेखि स्थानीय स्तरमा रोजगारी सृजना गर्दै आर्थिक विकास गर्ने उद्देश्य रहेको बताए । 

अध्यक्ष जोशीले महोत्सवबाट संकलन हुने हरेक टिकको पाँच रुपैयाँ विनियोजन गरेर समाजिक कामका खर्च गरिने बताए । उनका अनुसार शिक्षा, स्वास्थ्य, अनाथ बालबालिका, बेसहारा नागरिकको समाजिक विकासका लागि उक्त टिकट बाट छुट्टाइएको रकम खर्च गरिनेछ । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा २ लाख दशकले मेला अवलोकनदेखि ५ करोडको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवको पूर्वमन्त्री एव प्रतिनिधि सभा सदस्य काँग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले गर्ने कार्यक्रम रहेको छ । विगतको मेला भन्दा यस वर्ष थप पुरस्कृत बनाउने आयोजकको संकल्प छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.