सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दवाव, प्रभाव रहित ढङ्गबाट काम गर्छु : कञ्चनपुर एसपी जोशी

कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले दवाव, प्रभाव रहित ढङ्गबाट कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका छन । बुधबार जिल्लाका सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रममा एसपी जोशीले कुनैपनि घटनामा दवाव, प्रभाव रहित ढङ्गबाट कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।

Sana Kishan

एसपी जोशीले जिल्लाको शान्ति सुरक्षा एव अमन चयनका लागि पूर्ण प्रतिबद्ध रहेको बताउँदै प्रहरी सञ्चारकर्मी बिच समन्वय आवश्यक रहेको औँल्याए । एसपी जोशीले लागू औषध नियन्त्रण देखिका गैर कानुनी गतिविधि पूर्ण नियन्त्रण गर्दै शान्ति सुरक्षाका कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड दिए । कार्यक्रममा सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति खगेन्द्र चन्दले समेत जिल्लाको शान्ति सुरक्षामा सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको बताए । परिचयात्मक कार्यक्रममा जिल्लाका सञ्चारकर्मीले स्वच्छ, निष्पक्ष ढङ्गबाट पारदर्शी सूचना सम्प्रेषण तर्फ ध्यानाकर्षण गराएका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.