राजेन्द्र बिष्ट, कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित सार्क एजुकेसन फाउन्डेसन अन्तर्गत सञ्चालित सार्क स्कुलले आफ्नो छैठौं वार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको छ ।
स्थापनाको छोटो समयमा नै ख्याती कमाउन सफल कञ्चनपुरमा रहेको सार्क एजुकेसन फाउन्डेसन अन्तर्गत सञ्चालित सार्क स्कुलले विज्ञान कला प्रदर्शनी सहित आफ्नो छैठौं वार्षिकोत्सव वार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको हो।
सोमबार सम्पन्न उक्त कार्यक्रममा नेपालका ख्यातीप्राप्त संस्कृती तथा शिक्षा विद अध्यात्म चिन्तक डा. चिन्तामणि नाथ योगीको प्रमुख आतिथ्यत रहेको थियो ।
वार्षिकोत्सवमा विद्यालयले विविध सांस्कृतिक कार्यक्रमको आयोजनाका साथसाथै विज्ञान र कला समेत प्रदर्शनी गरेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा चिन्तामणि नाथ योगीले बालबालिकाहरूलाई असल संस्कारको शिक्षा घरबाट दिनु पर्ने बताएका छन्। शिक्षा र सिप विद्यालय बाट सिक्न सकिने, गुगल बाट डाउनलोड गरेर समेत सिक्न सकिने भए पनी असल संस्कार घरपरिवार बाट मात्रै लिन सकिने उनको भनाइ रहेको छ।
सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण वस्नेतले कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको वताउदै विद्यालयले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरु र गिनिज बुकमा नाम लेखाउन सफल भएको प्रमाण पत्र समेत वितरण गरिएको बताए । साथै उनले कार्यक्रममा विद्यार्थी र अभिभावकको सतप्रतिशत सहभागिता रहेको जानकारी दिए।

कार्यक्रममा केहि दिन अगाडि काठमाण्डौमा सञ्चालित अन्तराष्टीय रोवोटिक्स प्रतियोगितामा सहभागि भई गोल्डन गेट कलेज काठामाण्डौंलाई पराजित गर्दै प्रथम हुन सफल सार्क एजुकेसन फाउन्डेसनको टीमलाई नगद पुरुस्कार सहित सम्मान समेत गरिएको छ भने मन्टेश्वरीका बालबालिकाहरूको पाठ्यक्रममा आधारित उत्कृष्ट क्रियाकलाप बापत गिनिज बुकमा नाम लेखाउन सफल भएको प्रमाण पत्र समेत विद्यालयलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रम अभिभावकद्वारा विद्यार्थीहरूको मेमोरी टयालेन्ट चेक, योग विज्ञान प्रस्तुती, सांस्कृतिक कायृक्रम लगायत विविध कार्यक्रमको आयोजना गरेर समापन गरिएको थियो ।
