सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दुधुवा–लालझाडी कोरिडोर कनेक्टिभिटीमा जोड

कञ्चनपुर – सुदूरपश्चिम कैलाली, कञ्चनपुरका संरक्षणकर्मी सरोकारवाला निकायले दुधुवा–लालझाडी कोरिडोर कनेक्टिभिटीमा जोड दिएका छन । सरकारी तथा निजी क्षेत्रमा कार्यरत वन सरक्षण कर्मीले मानव बन्यजन्तुको सहअस्तित्वका लागि भारतको दुधुवा नेशनल पार्क र नेपालको लालझाडी मोहना सुरक्षित वन क्षेत्र कनेक्टिभिटीमा जोड दिएका हुन ।

शनिबार जिल्लाको वाणीमा डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजना एव यूएसएआईडी जल÷जंगलको समन्वयमा आयोजित ‘लालझाडी–मोहना वन क्षेत्र’ विषयक छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागि सरोकारवाला निकायका पदाधिकारीले दुधुवा र लालझाडीको कनेक्टिभिटीमा जोडदिएका छन । उनीहरुले ठुला बन्यजन्तु हात्ती, बाघ, गैडा सहितका जनावरलाई आफ्ना गतिबिधी संचालन गर्नेदेखि मानव माथि बन्यजन्तुको आक्रमण घटाउनका लागि सुझाव दिएका छन । लालझाडी मोहना सरक्षित वन क्षेत्र परिषदका सचिव समेत रहेका कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले सरक्षणका क्षेत्रमा प्रभावकारी कामकाजका लागि परिषद्लाई अधिकार दिनुपर्नेमा जोडदिए ।

उनले सह अस्थित्वका सरक्षणका कार्यक्रममा जोडदिएका छन । सरक्षणकर्मी बसन्ती रानाले सरकारी निकायबाट सरक्षण, उपभोक्तामा लागु हुने कार्यक्रम प्रभावकारीमा जोडदिईन । शुक्लाफाँटा १का वडाध्यक्ष उत्तरदेव भट्टले सरक्षणका कार्यमा सरोकारवालाविच समन्वय आवश्यक रहेको बताए । शुक्लाफाँटा ८का वडाध्यक्ष बहादुर सिह महराले वनमाथि सुशासनका लागि कडाई आवश्यक रहेको औल्याए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

लालझाडी मोहना सरक्षित वन क्षेत्र परिषदका अध्यक्ष राज बहादुर ऐरले लालझाडी–दुधुवा जोड्नका लागि २२ बर्ष अघि विषय उठान भएको बताए । ‘हामीले दुधुवा र लालझाडीको सिधै कनेक्टिभिटीका लागि पहिल्यैदेखि कुरा उठाएका थियौँ, तर कसैले सुनेन, ‘उनले भने,‘आज त्यो आवश्यकता भईसकेको छ ।’ झण्डै एक दशक अघिदेखि लालझाडी सरक्षित क्षेत्र घोषणा भएसंगै समुदाय स्तरबाट सरक्षणका काम हुँदा वनमा स्याल समेत नदेखिने अवस्थामा अहिले बाघदेखि हात्तीका गतिबिधी बढिरहेको बताए । यूएसआईडी जलसंगलका टिम लिडर भाष्कर भट्टराईले मानव बन्यजन्तुको सहअस्थ्त्विका लागि कोरिडोर सरक्षणमा जोडदिए ।

Dirghayu Ads

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेलले दुवै वनको सम्पर्क विच्छेद हुँदा बन्यजन्तु मानव बस्तीमा पसेर क्षति पु¥याउने घटना निम्तिरहेको बताए । उनले डोकेबजार वा दोदा नदी क्षेत्रबाट जोड्नुपर्ने बताए । कञ्चनपुरका डिभिजन वन अधिकृत कडेलले क्षेत्र परिषद पुर्नगठनदेखि दीगो व्यवस्थापन र सरक्षणका कार्यक्रम संचालन गरिने बताए । डिभिजन वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत रामचन्द्र कडेलले वन सरक्षणका लागि राजनीतिक सहयोग प्रतिबद्धता आवश्यक रहेको बताए । कृष्णपुरका नगर प्रमुख हेमराज ओझाले लालझाडी मोहना क्षेत्रमा विशेषता प्रकारका जंगल विस्तारमा जोडदिएका छन ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव हेमराज विष्टले सरक्षण अपरिहार्य रहेको बताएका छन । निमित्त सचिव विष्टले मन्त्रालयले दीगो वन व्यवस्थापन कार्यविधी पारित गरेर बषौँदेखि ढलेका रुख संकलन गरेर उपभोक्तालाई वितरण गरिने बताए । ‘वन एकतर्फ सरक्षण मात्रै नभई राज्यका नीति नियम पालना गरेर असल नियत राखेर सरक्षण गर्नुपर्छ, ‘उनले भने, ‘मानव जिवनका लागि सरक्षण अपहरिहार्य छ ।’ जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले वन पर्यावरण र मानव सह अस्थित्वका लागि जनप्रतिनिधीको समेत भूमिका हुने भन्दै लालझाडीको कोरिडोर सरक्षणका लागि भूमिका निर्वाहमा जोडदिए । सुदूरपश्चिम प्रदेश सभा तत्तकालिन सदस्य महेश दत्त जोशीले लालझाडी महत्वपूर्ण भएकाले कोरिडोर सरक्षण गर्नुपर्नेमा जोडदिए ।
उनले लालझाडी दुधुवा जोड्नका लागि दोदा वा डोकेबजार कुन क्षेत्रबाट दीर्घकालिन कनेक्टिभिटी गर्न सकिने विषयमा गहन अध्ययन गरेर कोरिडोर विकासमा जोडदिए । जनताको जिविकोपार्जन सहित दीगो विकासका लागि सफल कार्य योजना ल्याउनुपर्ने सुझाव दिएका छन । कार्यक्रममा कैलाली, कञ्चनपुरका सरक्षण सहित जनप्रतिनिधीको सहभागिता रहेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.