सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निरूतालाई जिताउन मुख्यमन्त्री भलिबल प्रतियोगितामा संकलन भएको रकम पठाइयो 

कञ्चनपुर – पल्सर स्पोर्ट अवार्डमा छनौट भएकी राष्ट्रिय भलिबलकी खेलाडी निरूता ठगुन्नालाई जिताउनका लागि संकलन भएको रकम पठाइएको छ । माघ दोस्रो सातादेखि महेन्द्रनगर खुला मञ्चमा सञ्चालन भएको तेस्रो मुख्यमन्त्री प्रतियोगितामा संकलन भएको रकम पठाइएको हो । 

Sana Kishan

जिल्ला भलिबल संघ कञ्चनपुरका महासचिव उत्तम विष्टले प्रतियोगितामा विभिन्न व्यक्तित्वबाट संकलन भएको रकम निरूताको व्यक्तिगत खातामा पठाएको बताए । उनका अनुसार १५ हजार २ सय १५ रुपैयाँ संकलन भएको रकम ठगुन्नाको खातामा पठाइएको छ । 

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका खेलाडी दिपेश धामी २ हजार ५, मेलौली नपा १ का वडाध्यक्ष शरद सिह नेगी २ हजार १ सय, दुहु गाउपालिका अध्यक्ष नरेन्द्र सिंह बडाल ५ हजार ५ सय, प्रादेशिक रेफ्री लक्ष्मी शाही २ हजार ५, भीनपाऐठपुर हरिस सिह बुडाल १ हजार, दशरथ चन्द नगरपालिका ४ का वडाध्यक्ष भानदेव भट्ट ३ हजार १ सय रुपैयाँ सहयोग गरेका दिए । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.