सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरपालिकाका वडा–वडामा निशुल्क आँखा शिविर सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडा–वडाहरुमा निशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) संगको समन्वय तथा च्यारिटि हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीको प्राविधिक सहयोगमा भीमदत्त नगरपालिकाका वडा–वडामा निशुल्क आँखा शिविर सञ्चालन भइरहेको पेसवानका सदस्य दमन चन्दले बताए ।

नगरप्रमुख पदम बोगटीले पेसवान संगको समन्वयमा र च्यारिटि हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीको प्राविधिक सहयोगमा वडाहरुमा निशुल्क आँखा शिविर सञ्चालन भइरहेको र शिविरमा निशुल्क रुपमा आवश्यकता अनुसार चस्मा, औषधी र अप्रेसन समेत भइरहेको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले बताए ।

Sana Kishan

उनकाअनुसार हालसम्म भीमदत्त नगरपालिकाका वडा नम्बर १, २, ३, ५, ७, ८, १०, १३, १४, १६, १७ र १९ मा निशुल्क आँखा शिविर सञ्चालन भइसकेको छ । बाकीँ वडामा समेत शिविर सञ्चालन हुने नगरप्रवक्ता अवस्थीले बताए । उक्त कार्यमा पेसवानका उपाध्यक्ष पशुपती थापा मगर सहितको टिमलाई सबैले सहयोग गरिदिन नगरप्रवक्ता अवस्थीले आग्रह गरे ।

World Link Ads
Mahakali Polytechnic

पेसवानले यसअघि समेत भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क शैक्षिक पोसाक झोला वितरण गरेको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.