सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चर्चित कलाकार अमृत नाथले गरे जन्मदिनको अवसरमा बाल आश्रमलाई सहयोग

कञ्चनपुर – चर्चित कलाकार अमृतनाथले आफ्नो जन्मदिनको अवसरमा अनाथालयलाई सहयोग गरेका हुन्। आफ्नो जन्मदिनको अवसरमा उनले कञ्चनपुरको भीमदत्त नगरपालिका ४ मा रहेको समाज कल्याण कल्याण बाल अनाथालयमा विभिन्न पाठ्यपुस्तकसहित फलफुल वितरण गरेका हुन् ।

बैतडीको दशरथचन्द नगरपालिकामा जन्मिएका कलाकार नाथ सुदूरपश्चिम लगायत देशभरि नै लोकप्रिय र सबैका मनका ढुकढुकी बनेका छन्। छोटो समयमा आफ्नो कला गला र प्रस्तुतिले उनी देशभरि नै परिचित हुन् सफल भएका हुन्। उनी कलाकारिताका साथै समाजसेवामा पनि अग्रसरता देखाउने कलाकार मध्येका एक हुन्। उनले आज मात्रै नभई विभिन्न समयमा विभिन्न स्थानहरूमा खाद्यान्न तथा विभिन्न सहयोगहरू गर्दै आएको बताएका छन्।

Sana Kishan

उनिसँगै आज बाल आश्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा समाजसेवी भोजराज जोशी क्वालिटी, समाजसेवी वासुदेव भट्ट, निरज धामी, नारद भट्ट , हिरा चन्द, लवराज भट्ट, दयाकृष्ण जोशी र करणधामी लगायतको सहभागिता रहेको कलाकार नाथले बताए।

World Link Ads
Mahakali Polytechnic

आफ्नो जन्मदिनको अवसरमा कुनै ठूलो भोजभतेर नगरी र कुनै प्रकारको सभा समारोह नगरी कोही नभएकाहरूका भगवान हुन्छन् भन्ने आशयले बाल अनाथालयमा सहयोग गरेको कलाकार नाथले बताए। विभिन्न ठाउँमा खर्च गरेर पैसा सक्काउनुको साटो बाल अनाथालयमा सहयोग गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा समेत यस्ता कार्यहरूमा अग्रसर भइरहने कलाकार नाथले बताएका हुन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.