सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भानु बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा भरत भट्ट

पप्पु गुरुङ्ग, कञ्चनपुर – कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका क्षेत्रमा रहेको एक मात्रै क्याम्पस सञ्चालक समितिको अध्यक्षमा समाजसेवी अक्षरप्रेमी भरत दत्त भट्ट मनोनित भएका छन । दोधाराचाँदनी नगरपालिका ६ मा रहेको भानु बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा समाजसेवी शिक्षा प्रेमी भट्ट मनोनित भएका हुन ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त उक्त भानु बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा भट्ट चयन भएको त्रिविले जनाएको छ । त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले क्याम्पसबाट सिफारिस भए बमोजिम प्राथमिकक्रमको आधारमा १७ माघ ०८० को निर्णय अनुसार अध्यक्षमा मनोनित गरिएका छन् ।

Sana Kishan

त्रिवि योजना निर्देशक प्रा.डा धुव्र कुमार गौतमद्वारा हस्ताक्षरित गरिएको मनोनित पत्रमा विधान अनुरूप कार्यभार सम्हाल्नुदेखि बधाई ज्ञापन गरिएको छ । भानु बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा चयन भएका भरत दत्त भट्टले ग्रामीण भेगको उच्च शिक्षाको स्तरवृद्धि विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

World Link Ads
Mahakali Polytechnic

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका समाजसेवी भट्टले दिएको जिम्मेबारी अनुरूप कामकाज गर्नेदेखि सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन मुख्य भूमिका निर्वाह गर्ने बताए । ‘अहिले हाम्रो क्याम्पस त्रिविको सम्बन्धनबाट सञ्चालनमा छ, ‘उनले भने, ‘अब छिट्टै सुप विश्वविद्यालयको आंगिक बनाउँछौँ ।’ 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.