सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सामाजिक न्यायका लागि कानूनी कार्यशाला शिक्षा कार्यक्रमको वार्षिक समीक्षा कार्यशाला सम्पन्न

गणेश एसके, कञ्चनपुर । सुदूरपश्चिमको विश्वविद्यालयको कानून संकायले सामाजिक न्यायका लागि कानूनी कार्यशाला शिक्षा कार्यक्रमको वार्षिक समीक्षा कार्यशाला सम्पन्न भएको छ । सुदुरपश्चिम विश्वविद्यालय र युएनडिपीको संयुक्त सहकार्यमा संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना कार्यक्रमका उपलब्धि,चुनौती र अनुभवजन्य समीक्षा सोमवार महेन्द्रनगरमा सम्पन्न भएको हो ।

विद्यार्थीलाई सिकाइ संग जोड्ने उदेश्यका साथ सुरु गरिएको सामजिक न्यायका लागि कानूनी कार्यशाला शिक्षा कार्यक्रममा सुदुरपश्चिम विश्वविद्यालय कानून संकाय पाँचौं सेमेस्टरमा अध्ययनरत केन्द्रीय क्याम्पस महेन्द्रनगर र कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरू सहभागी थिए ।

समीक्षा कार्यशालामा सम्बोधनका क्रममा सुदुरपश्चिम विश्वविद्यालय कानून संकायका डिन कर्ण बहादुर थापाले विद्यार्थीले आफूले सिकेको सिकाइलाई पिछडिएका , कानूनको पहुंच भन्दा टाढा रहेका जनता संग पुर्याउन र समुदाय संग विद्यार्थीको सम्बन्ध स्थापित गर्न यो सामाजिक न्यायका लागि कानूनी कार्यशाला शिक्षा कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने , “ विद्यार्थीहरुले कानूनी जटिलतालाई न्याय निरुपण गर्ने निकाय सम्मको बाटो देखाई दिनु पनि आबस्यक छ । किनभने धेरै जनता र समुदाय कानूनको पहुंच बाहिर रहँदा सास्ती खेप्दै आएका छन् ।” विद्यार्थीहरुको क्षमता विकास गर्न र क्याम्पसमा सिकेका कुराहरूलाई व्यवहारिकता संग जोड्न यो कार्यक्रमले ठूलो सहयोग पुर्याएको छ र आगामी दिनमा यस्ता कार्यक्रमहरु थप नयाँ ढंगले अगाडि बढाइने डिन थापाले बताए ।

World Link Ads
Mahakali Polytechnic

कार्यक्रममा सहभागी कञ्चनपुरको भीमदत्त नगरपालिकाका कानून अधिकृत वीरेन्द्र सिंहले विद्यार्थीहरुले स्थानीय तहमा हुने कामकाजका विषयमा सिक्नका लागि न्यायमा पहुँच कार्यक्रमले निर्णायक भूमिका खेलेको बताए । “अहिले यो कार्यक्रम वडा तह सम्म र समुदाय सम्म विस्तार गर्न सक्यौं अझ यसलाई व्यापकता साथ कानूनी सरोकार राख्ने सबै संग समुन्वय गरी न्यायिक पहुँचबाट वञ्चित भएका सम्म पुर्याउन जरुरी छ , अधिकृत सिंहले बताए ।

Dirghayu Ads
Sana Kishan

युएनडिपीको सुदुरपश्चिम प्रदेश लिगल एड आउटरिच अफिसर भुवन राज चटौतले न्यायका लागि पहुँच अभिवृद्धि परियोजना मार्फत विद्यार्थीले गरेको प्रयास र उपलब्धि उत्साहजनक रहेको बताए । उनले भने,“ यहाँ विद्यार्थीहरुको प्रस्तुति हेर्दा धेरै ठाउँमा विवादहरु समाधान गर्नमा विद्यार्थीले खेलेको भूमिका देखेर खुसी लाग्यो ।” समाजमा भइरहेका विवादहरुमा कानूनी जटिलताको प्रश्नमा कानूनी उपचार दिलाउन विद्यार्थीहरुले सहजीकरण गर्नु र सबै नागरिकलाई न्याय सम्पादनमा सहयोग गर्नु सामाजिक न्यायका लागि कानूनी कार्यशाला शिक्षा कार्यक्रमको उदेश्य रहेको चटौतको भनाइ थियो ।

संस्थागत सुधार मार्फत न्याय पहुँच अभिवृद्धि गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रम अनुसार क्याम्पसहरूले विद्यार्थीहरुलाई स्थानीय तह र समुदायमा पठाएको थियो । विद्यार्थीहरुले एक महिना सम्म स्थानीय तहमा र समुदायमा गएर इन्टर्नसिप गरेका हुन् ।

केन्द्रीय क्याम्पस महेन्द्रनगरका विद्यार्थीहरू सहुमगत रूपमा एउटा समूह कञ्चनपुरको भीमदत्त नगरपालिकामा र अर्को समूह कञ्चनपुरको भिनपा १८ बागफाटा र बेदकोट ८ को सीमान्तकृत समुदायका जनतासँग छलफल तथा कानूनी परामर्शमा गएका थिए । कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरू कैलालीको धनगढी उमहानगरपालिका र गोदावरी नगरपालिकामा गएका थिए ।

वार्षिक समीक्षा कार्यशाला कार्यक्रममा केन्द्रीय क्याम्पस महेन्द्रनगरका तर्फबाट महेश साउद, अरूणा क्षेत्री, कमला जोशी,प्रकाश उपाध्याय,राजु रावत,गणेश एसके, महेन्द्र खनाल र कैलाली बहुमुखी क्याम्पसका तर्फबाट देवेन्द्र पाण्डे , सम्पदा जोशी,शिव चरण चौधरी,स्मृति केसी , दशरथ सिंह धामी , रमेश बहादुर बोहोरा लगायतका विद्यार्थीले कार्यक्रममा इन्टर्नसिपका क्रममा आफूले सिकेका कुराहरू विषयमा अनुभव सहितको प्रस्तुति दिएका हुन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.