सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शिवशिखर बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ता संघर्ष समितिको संयोजकमा लम्साल

कञ्चनपु्र । शिवशिखर बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ताहरुले संघर्ष समिति गठन गरेका छन । केन्द्रीय कार्यालय भक्तपुर सहित देशैभरीका शाखाहरुमा बचत गरेका बचतकर्ताहरुले बचत फिर्ताका लागि संघर्ष समिति गठन गरेका हुन ।

शनिबार काठमाण्डौँमा भेला गरेर सुदूरपश्चिमका बचतकर्ता लोकेन्द्र लम्सालको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन । बरिष्ठ सह संयोजक कर्णल महेन्द्र महर्जन, सह संयोजक शुभाषचन्द्र भट्ट, गणेश थापा, सागर भण्डारी, खेमराज सापकोटा , बद्रीनाथ पोखरेल, सचिव गणेश मल्ल, कोषाध्यक्ष चक्रमान श्रेष्ठ, सुचना सदस्य सुगमन नेपाली, सदस्यहरु बेद प्रकास महरा, केशव खत्री, तारा कुँवर, छविलाल बस्नेत, तुल्सीरनाम कोजु र सल्लाहकार बिमल साउद, कमला जोशी, सुन्दर बानिया रहेका छन ।

Sana Kishan

शिवशिखर बहुउदेश्यीय सहकारीका बचतकर्ता संघर्ष समितिका संयोजक लोकेन्द्र लम्सालले सहकारीका संचालकहरुको सम्पत्ती जफत गरेर, सहकारीको अन्य कम्पनीमा लगानी झिकाएरै भएपनि बचतकर्ताहरुको रकम फिर्ता गराउन सरकारसंग पैरवी गर्ने बताए । संयोजक लम्सालले देशैभरीका बचतकर्ताहरुको बचत रकम फिर्ता गराएर न्याय दिलाउन दवावमुलक कार्यक्तम गर्ने बताए ।

World Link Ads
Mahakali Polytechnic

गत मंसिरमा शिवशिखर सहकारीका अध्यक्ष एव संचालक (श्रीमान–श्रीमती) केदारनाथ शर्मा गिता शर्मा सहितका पुष्कर मल्ल, अमिसराज भण्डारीमाथि अनुुसन्धान भईरहेको बुझिन्छ । कञ्चनपुरका झण्डै साढे तीन हजार बढि बचतकर्ताहरुले ३२ करोड बचत गरेको जनाएका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.