सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सांसद तारा लामा तामाङ निर्वाचन क्षेत्रका नागरिकको घरदैलोमा

हरिश्चन्द्र बाग, कञ्चनपुर । प्रतिनिधि सभाको निर्वाचन भएको एक वर्ष पूरा भइसकेको छ । यसबिचमा निर्वाचित जनप्रतिनिधिहरूले गरेका कार्यहरूको आंशिक समीक्षा पनि भइरहेको नै छ । सत्तामा रहेका जनप्रतिनिधिहरूसँग नागरिकका धेरै अपेक्षा छन् भने सत्ता बाहिरका जनप्रतिनिधिहरूसँग केही कम । जनप्रतिनिधिहरूले बढी भन्दा बढी नागरिकका साझा समस्या हल गरून् भन्ने आम नागरिकको चाहना हुन्छ । निर्वाचित जनप्रतिनिधिहरूले पनि नागरिकको सार्वजनिक हितमा कार्य गर्नुपर्ने मुख्य दायित्व रहन्छ ।

Sana Kishan

अहिले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ आफ्नो क्षेत्रका नागरिकहरूसँग भेटघाटमा हुनुहुन्छ । आइतबार उहाँले बेलडाँडीका केही क्षेत्रमा नागरिकहरूसँग भेटघाट गरी जनगुनासा सुन्नु भएको छ । त्यस क्रममा उहाँले चौधर नदिमा निर्माणाधीन पक्की पुलको स्थलगत अनुगमन समेत गर्नुभयो । यसअघि उहाँ सुदूरपश्चिम प्रदेश सरकारको अर्थमन्त्री भएका बेला पारेको योजनाको अनुगमन गर्दै उहाँले शीघ्र एवम् गुणस्तरीय काम गर्न निर्माण कम्पनीका प्रतिनिधिहरूलाई निर्देशन दिनुभयो । उक्त कार्यको निगरानीका लागि स्थानीय नागरिकहरूलाई उहाँले अनुरोध गर्नुभएको छ ।

अलपत्र हुलाकी सडकखण्ड, निकुञ्ज, खुल्ला सीमा र सिमसारका कारण भोग्नु परेका समस्याहरूलाई सांसदले बारम्बार सदनमा उठाउँदा समेत सुनुवाइ नभएको प्रति चिन्ता व्यक्त गर्दै बेलडाँडीका नागरिकहरूले थप पहलका लागि अनुरोध गर्नुभएको छ । निर्वाचनको समयमा गरिएका प्रतिबद्धता नबिर्सन पनि सांसद तामाङलाई बेलडाँडीका नागरिकहरूको अनुरोधछ ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.