सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

क्यारिङ श्रमिकद्वारा भीमदत्त नगरपालिकालाई ज्ञापन 

कञ्चनपुर । क्यारिङ श्रमिकहरूले कञ्चनपुरको भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन । आइतबार नेपाल स्वरोजगार व्यापार श्रमिक संघ क्यारिङ इकाई कमिटीले भीमदत्त नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । कञ्चनपुरका मजदुर नेता उमेश पाण्डेयले भन्सार क्षेत्रमा क्यारिङ कर्तालाई दुर्व्यवहार गरेपछि स्थानीय सरकारको ध्यानाकर्षण गराएको बताए ।

Sana Kishan

उनका अनुसार क्यारिङ श्रमिकबाट लिइदै आएको भन्सार राजस्व रकम निरन्तरता दिनुपर्ने, क्यारिङ श्रमिकलाई दुर्व्यवहार बन्द गर्नुपर्ने, भन्सारबाट व्यक्ति फर्मका नाममा प्रज्ञापन पत्र जारी गरी राजस्व सहज बनाउनुपर्ने, भन्सार काटेपछि बाटामा गरिने दुर्व्यवहार रोक्नुपर्ने माग अघि सारेर ज्ञापन पत्र बुझाईको बताए । नेपाल स्वरोजगार व्यापार श्रमिक संघ क्यारिङ इकाई कमिटीका अध्यक्ष नन्दा पहरी र सचिव निर्मला चन्दद्वारा हस्ताक्षरित गरिएको ज्ञापन पत्र भीमदत्त नगरका मेयर पदम बोगटीले क्यारिङ श्रमिकको माग बारे सम्बन्धित पक्षसँग छलफल गर्ने बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.