सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माइती नेपाल कञ्चनपुरद्वारा एक भारतीय बालिकाको उद्धार

पप्पु गुरुङ, कञ्चनपुर । माइती नेपाल कञ्चनपुरले एक भारतीय बालिकाको भी.न.पा. १० जिमुवा बाट उद्धार गरेको छ । भारतको पिथौरागढ जिल्ला, मजिर कांडा गांउ , उत्तराखण्डकी बर्ष १५ की सोनाली कुमारी (नाम परिवर्तन) को उद्धार गरिएको हो । सोनाली एक हप्ता अघि घर बाट एक्कासी हराएकी थिईन । सोनालीका अभिभावकले छरछिमेक, आफन्त, नातेदार तथा सम्भावीत सबै ठांउमा खोजी गर्दा पनि नभेटे पछि स्थानीय प्रहरी र संघ संस्थाहरुमा खोजतलासका लागि निबेदन दिएका थिए ।

Sana Kishan

सिमावर्ती भारतीय शहर पिथौरागढमा थुप्रै नेपालीहरु काम गर्ने भएकाले सोनालीलाई नेपाल पनि ल्याईएको हुनसक्ने आशंकामा भारतीय प्रहरी र संघ संस्थाले खोजतलासमा सहयोगका लागि माइती नेपाल कञ्चनपुरलाई आग्रह गरेको थियो । माइती नेपाल कञ्चनपुरले आफ्नो नेटवर्क मार्फत शंकास्पद क्षेत्र बाट सुचना संकलन र प्रमाणीकरण गरे पछि जिल्ला प्रहरी कार्यालय संगको समन्वय र सहकार्यमा भी.न.पा. १० जिमुवाको एक जना टमाटा थरका ब्यक्तिको घरमा छापा हानेर बालिकाको सकुशल उद्धार गरेको हो ।

सोनालीलाई पिथौरागढको एक होटलमा काम गर्ने लक्ष्मण टमाटाले ललाईफकाई जिमुवा बस्ने आफ्नो ठुलो बुवाको घरमा लुकाएर राखेको थियो । उद्धार पछि नीज बालिकालाई पारिवारिक पुनर्मिलनका लागि मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कार्यरत भारतीय संस्था रीड्सको जिम्मा लगाई पठाएको माईती नेपाल कञ्चनपुरले जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.