कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा पक्की पुल निर्माण शु्रु भएको छ । ८ बर्ष अघि शुरु भएको पुल ठेकेदार कम्पनीले कहिले डियाजनदेखि कहिले अरु कारण देखाएर काम रोक्दै आएको थियो । लालझाडी गाँउपालिका मुकाम जोड्ने उक्त पुल निर्माण कार्य शुरु भएको गाँउपालिकाले जनाएको छ ।
लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाका सचिवालयका सदस्य अमर सिह धामीले गाँउप्रमुख निर्मल राना, प्रतिनिधी सभा सदस्य तारालामा तामाङ्गले निर्माण कम्पनी राजेन्द्र निर्माण सेवालाई ताकेता र पुल निर्माण क्षेत्रको स्थलगत अनुगमन गरेपछि निर्माण कम्पनीले काम गरेको बताए ।