सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिस्ने क्षेत्र संरक्षणमा जोड

कञ्चनपुर । कञ्चनपुरको उत्तरी चुरेसंगै जोडिएको सिस्ने क्षेत्र संरक्षणमा सरोकारवालाले जोडदिएका छन । शनिबार पालिका, जिल्ला र प्रदेश स्तरका जनप्रतिनिधी सहितका सरोकारवालाहरुले कृष्णपुर नगरपालिकाको उत्तरी क्षेत्रमा रहेके सिस्ने क्षेत्र संरक्षणमा जोडदिएका हुन ।

सुदूरपश्चिम प्रदेश सभाका निर्वतमान सदस्य तथा बरिष्ठ सरक्षणकर्मी महेशदत्त जोशीले विगतदेखि समुदाय स्तरबाटै सिस्ने क्षेत्र सरक्षण गरिएको बताउँदै पालिका जनप्रतिनिधीदेखि प्रदेशका वन सरोकारवाला प्रतिनिधीबाट स्थलगत अनुगमन गरेर सरक्षणमा जोडदिएको बताए ।

Sana Kishan

उनका अनुसार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव जिवन नाथ पौडेलले बन्यजन्तुको बासस्थानका लागि सम्भावना क्षेत्र भएकाले सरक्षणमा जोडदिएका छन । सुप प्रदेशका वन निर्देशक हेमराज विष्टले विगतमा पनि आफुले स्थलगत अनुगमन गरेको बताउँदै उक्त क्षेत्रलाई चराचुरुङ्गी सहित बन्यजन्तु सरक्षणमा अपरिहार्यता रहेको बताए ।

World Link Ads
Mahakali Polytechnic

कृष्णपुरका मेयर हेमराज ओझाले बन्यजन्तुको हबसंगै पर्यटकीय क्षेत्र बनाउन पहल गर्ने बताए । कार्यक्तममा सामुदायिक वन समन्वय समिति, समौजी, ग्याँसी, जयलक्ष्मी सामुदायिक वनका पदाधिकारी एव वनसंरक्षणाकर्मी, जनप्रतिनिधीले स्थलगत अनुगमन गरेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.