सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कृष्णपुर २ मा शनिबारदेखि वडाध्यक्ष फुटबल प्रतियोगिता

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ मा वडाध्यक्ष फुटबल प्रतियोगिता हुने भएको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता हुने भएको हो ।

‘हाम्रो गोल लागु औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका मछेली खेलमैदानमा हुने भएको आयोजकले जनाएको छ ।

Sana Kishan

उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको कृष्णपुर नगरपालिका २ नम्बर वडाले जनाएको छ । कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले ग्रामिण भेगको खेलकुद बृद्धि विकासका साथै लागु औषध दुव्र्यसनीका रहेका किशोर युवाहरुलाई खेलकुद माध्यमबाट संरक्षणमा जुटाईने बताए ।

World Link Ads
Mahakali Polytechnic

‘हाम्रो मुल उदेश्य ग्रामिण भेगका युवाहरुलाई खेलकुद माध्यमबाट संरक्षणका साथै खेलकुद विकास गर्ने हो, ‘उनले भने, ‘किशोर युवाहरुलाई खेलप्रति उत्साहित गर्नुपनि हो ।’ उक्त प्रतियोगितामा कृष्णपुर नगरपालिका ९वडाकै टिम र बाँकी छिमेकी पालिकाका टिम गरेर १६ टिम सहभागि हुने छन ।

Dirghayu Ads

प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र वितरण गरिनेछ । प्रतियोगिताको तयारी पुरा भएको छ । दिउँसो १२ बजे सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकासमन्त्री झपड बहादुर साउदले उद्घाटन गर्ने कार्यक्तममा कृष्णपुरका जनप्रतिनिधी, सहितको सहभागिता हुने भएको छ । यसरी वडा कार्यालयबाटै ग्रामिण भेगका किशोर, युवाहरुलाई खेलकुद क्षेत्रमा जोडने काम गरेपछि स्थानीयखेलप्रेमी हर्षित भएका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.