सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा होमस्टे सञ्चालन गर्न १ हप्ते तालिम सम्पन्न

कञ्चनपुर । कञ्चनपुरमा होमस्टे सञ्चालन गर्न १ हप्ते तालिम सम्पन्न भएको छ । शुक्लाफाँटा नगरपालिकाको वडा नम्वर ३,७ र ८ मा रहेका राना चौधरी र अन्य स्थानियहरुलाई होम स्टे तालिम उद्यम सिर्जना,होम स्टे नमबरिङ्ग,होम स्टे सुचना बोर्ड सम्बन्धी तालिमको आयोजना गरिएको हो । मितजी ग्रुपको आयोजना र नेपाल पर्यटन बोर्ड, शुक्लाफाँटा नगरपालिका, र युएनडिपीको सहयोगमा उक्त कार्यक्रमको आयोना गरिएको थियो ।

मंसिर २२ गतेदेखी २८ गतेसम्म वडा नम्वर ३,७ र ८ मा रहेका करिब १५ वटा होम स्टेका संचालकहरु, र संचालन गर्न सक्ने सम्भावना रहेकाहरुलाई १ हप्ते तालिम गरिएको मितजी ग्रुपका अध्यक्ष भाष्कर पन्तले बताए । उनले वडा नम्वर ७ मा रहेको कृष्णसार सामुदायिक होम स्टेमा ४ दिन र खयर कन्द्रा होम स्टे वडा नम्वर ३ मा ३ दिने होम स्टे तालिम गरिएको उनले बताए तालिममा स्थानिय संस्कृती परम्परा खानपिन लाई कसरी संरक्षण गरेर पर्यटकहरुको रोजाई बनायने भन्ने बिभिन्न विषयमा तालिममा जानकारी दिईएको बताए ।

अतिथी सत्कार खानाको स्वच्छता, पर्यटनको महत्व, होम स्टेमा हुने अनैतिक गतिबिधीको रोकथाम, लागु औषधको नियन्त्रण लगायतका विषयमा तालिममा जानकारी दिईएको बताए । साथै होम स्टेमा अहिले नम्वरिङ गरेर काम गरिरहेको बताउँदै उनले ७ नम्वरमा ७ वटा र ३ नम्वरमा ८ वटा होम स्टे रहेको जानकारी दिए । साथै स्थानिय सरकारले अहिले यी लगायत अन्य होम स्टेमा आउन चाहने पर्यटकहरुका लागी सडकको सहज पहुँच हुनुपर्ने र अन्य भौतिक संरचना बनाउनमा पनि सहयोग गर्नुपर्ने बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

शुक्लाफाँटा नगरपालिका ३ मा रहेको खयर कन्द्र सामुदायिक होम स्टेका अध्यक्ष पुरन बहादुर डगौराले अहलिे होम स्टे संचालन गर्न समस्या भएको बताए । पर्यटकीय क्षेत्रहरुको उचित संरक्षण सम्बद्र्धन नभएर पर्यटकहरु पनि घटने र पर्यटक हरु पनि नआउने बताए । पर्यटकको कमी भयो भने होम स्टेहरु पनि संचालन नहुने बताए । यस्तै होम स्टे संचालक एवम तालिमका सहभागी शुक्लाफाँटा नगरपालिका ३ की ज्योती चोधरीले आफुले तालिममा पर्यटकहरुलाई स्वागत कसर िगर्ने, खानपिन कस्तो खुवाउने, होम स्टेमा के गर्ने के नगर्ने भन्ने बारेमा पनि जानकारी पाएको बताईन् । उनले आफनो कला सास्कृती स्थानिय नाचहरु देखाएर पनि पर्यटकहरुलाई खुसी वार्न सकिने बताईन् ।

Dirghayu Ads

उनले आफुले तालिमबाट घर वा बाहिरका मानिसहरुलाई अशान्त गर्न नपाईने, खान पेय पदार्थ र घरमा नभएका सुविधाहरुको लागि होमस्टे संचालकहरुलाई दवाव दिन नपाईने कुराहरु सिकेको बताईन् । साथै उनले स्थानिय जनताको रितिरिवाज र अनुष्ठानको सम्मान गर्नुपर्ने र समुदायको लागि स्वीकार्य पहिरन लगाउनु पर्ने ज्ञान सिकेको बताईन् । यस्तै, कार्यक्रमका बिसिष्ट अतिथी एवम नेपाल नेत्र ज्योती संघ अध्यक्ष एवम समाजसेवी वुद्धिजिवी आदर्श कलेजका प्रिन्सिपल डा. भोजराज पन्तले अहिलेको समयमा होम स्टेको आवस्यक्ता बढदै गईरहेको बताए ।

हाम्रो स्थानिय रहनसहन, कला, संस्कृतीलाई हेर्नका लागी बाहिरका पर्यटकहरु आउने र स्थानियले बनाएका चिजवस्तु सुद्ध हुने सस्तो हुने भएकाले पनि पर्यटकहरुलार्य आकर्षण गर्न सक्ने भएकाले घरका अन्य सदस्यले पनि काम पाउने आफुले उत्पादन गरेका चिजवस्तुले पनि सदुपयोग हुने बताए । साथै देशको अर्थतन्त्रमा पनि यसले टेवा पुय्राउने र पर्यटककको संख्यामा पनि वृद्धी हुने बताए । हामी अरु चिजमा प्रतिशपर्धा गर्न नसके पनि हाम्रो कला संस्कृती रितिरिवाजमा निकै धनी रहेको र त्यसलाई देखाएर आफनो आम्दानीको स्रोत बनाउन सक्ने बताए । यता, कार्यक्रमका प्रमुख अतिथी एवम शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी पन्तले आफुहरुले पनि पालिकामा पर्यटकहरुलाई कसरी भित्राउन सकिन्छ, र होम स्टेलाई संचालनमा ल्याउनका लागि बिभिन्न कार्यक्रमहरु योजना अनुरुप गरिरहेको बताईन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.