सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संविधान चोक क्षेत्रमा सातदिनसम्म निषेधाज्ञा

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर संविधान चोक क्षेत्रमा एक साता (सातदिनसम्ममा) निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर संविधान चोक क्षेत्रमा सातदिनसम्म निषेधाज्ञा जारी गरेको हो ।

बिहीबार राप्रपाले संविधान चोक क्षेत्रमा पुर्व राजा महेन्द्रको सालिक पुर्नस्थापना गर्ने तयारी अघि बढाईरहेका बेला त्यसको विभिन्न ८ राजनीतिक दलले बिरोध गरेपछि स्थानीय प्रशासनले शान्ति सुरक्षा कडा पार्नका लागि सात दिनसम्म निषेधाज्ञा जारी गरेको छ ।

बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले स्थानीय प्रशासन ऐन ०२८ अनुसार २८ मंसिरदेखि सातदिनसम्म निषेधाज्ञा जारी गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

संविधान चोक क्षेत्रमा सालिक स्थापना गर्न दिने नदिने विषयमा राजनीतिक दलहरुविच मत भिन्नता आएको सन्दर्भमा सार्वजनिक शान्ति सुरक्षालाई कायम राख्न तथा अत्याश्वयक सेवालाई संचालन गर्नका लागि जिल्ला सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रशासन ऐन ०२८ को दफा ६ (३) बमोजिम २८ मंसिरदेखि ४पुषसम्म उक्त क्षेत्रमा ५ जना भन्दा बढि मानिस जम्मा भई जुलुस, प्रर्दशन, धर्ना, घेराउ, आमसभा जस्त आन्दोलन र बिरोधका कार्यक्तम निषेध गरिएको छ ।

Dirghayu Ads

बिहीबार महेन्द्रनगरमा राप्रपाको आमसभा तथा ०६२÷०६३ को दोस्रो जनआन्दोलनका क्रममा राजा महेन्द्रको तोडिएको सालिक पुर्नस्थापना कार्यक्तमका लागि पाटी अध्यक्ष राजेन्द्र लिङदेन, बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाही सहित कञ्चनपुर आएका छन । राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले ईतिहास राख्नका लागि सबैले पुर्व राजाको सालिक राख्न दिनुपर्ने माग अघि सारेका छन । तर ८ राजनीतिक दलहरुले ०७२ मा नयाँ संविधान जारी भएपनि राप्रपा सहितका सर्वदलिय बैठकबाट उक्त स्थानमा संविधान चोक सहित गणतन्त्र स्मारक राख्ने निर्णय गरेको बताएका छन ।

राप्रपाले पाटी कार्यालय नजिकै सडकमै टेन्ट लगाएर कार्यक्तम गर्न लागेको छ । उक्त क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.