सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लैङ्गिक हिंसा बिरुद्ध को १६ दिने अभियान बिभिन्न जनचेतना मुलक कार्यक्रम गरेर सम्पन्न

कञ्चनपुर । भीमदत्त नगरपालिकाले मानव अधिकार र लैङ्गिक हिँसाका विषयलाई विषेस प्राथमिकमा राखेर कार्य गर्ने जनाएको छ । आइतबार  भीमदत्त नगरपालिकाको आयोजना गरिएको लैङ्गिक हिंसा बिरुद्ध को १६ दिने अभियानको समापनमा आफनो भनार्ई राख्दै कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका उपपप्रमुख निलम लेखकले मानव अधिकार र लैङ्गिक हिंसाका विषयलाई पालिकाले विषेस प्राथमिकमा राखेर काम गर्ने बताईन् । उनले लैङ्गिक हिंसा विरुद्धको अभियानमा मात्र नभएर अन्य दिनहरुमा पनि यो अभियान निरन्तर चलिरहने बताईन् । “लैगिंक हिंसा अन्त्यको सुनिश्चता महिला र बालबालिकामा लगानीको एक्कबद्धता तथा हिंसा नगरौं, हिंसा सहेर नबसौं र हिंसा भएको देखेमा प्रतिकार गरौं” भन्ने मुल नारा सहित मंसिर ९ गतेबाट १६ दिन सम्म पालिकाले बिभिन्न कार्यक्रमको आयोजना गरेर आर्यतवार उक्त अभियान समापन गरेको छ ।

भीमदत्त नगरपालिका वडा नम्वर ५ को हलमा आयोजना भएको समापन कार्यक्रममा लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान अन्तरगत लागु औषध दुव्र्यसन न्युनिकरण र लैङ्गिकतामा आधारित हिँसा सम्बन्धमा सरोकारवाला बीच र विद्यार्थीहरुसंग अभिमुखिकरण र मानव अधिकारको विषयमा कार्यक्रम गरी छलफल गरिएको थियो । सोही कार्यक्रममा नगर उपप्रमुख लेखकले विद्यार्थीहरुलाई अनुसासन प्रमुख विषय रहेको बताईन् । जुन विद्यार्थीमा अनुसासन हुदैन उसले कहिले पनि प्रगती नगर्ने आफनो पढाईलाई पनि अगाढी बढाउन नसक्ने बताईन् । साथै आफनो विद्यालयमा पनि राम्रो साथी संगत बनाउने, खाली समयमा खेलकुद खेल्ने तर गलत साथीको संगतमा लागेर लहलहैमा लागेर कुलत तर्फ जाने, गलत बाटो जाने कसैले पनि नगर्न आग्रह गरिन् ।

Sana Kishan

उनले यदी आफनो साथीभाईहरुले पनि लागुऔषधको प्रयोग गरेको देखेमा तुरुन्तै उसका आमा बुवालाई भन्ने र मोवाईल फोनको दुरुपयोग नगर्ने जस्ले गर्दा आफनै भविश्य नै खराव हुने भएकाले आफनो अध्ययनमा बढी समय खर्चिनु पर्ने बताईन् । उनले आफनो अभिभावकहरुको भनाईमा लागेर आफनो उज्जवल भविश्य निर्माणमा लाग्न सबै विद्यार्थीहरुलाई आग्रह गरिन साथै उनले यो १६ दिन सम्म बिभिन्न कार्यक्रमको आयोजना गरेर साथ दिने संघसंस्था, विद्यालय, विद्यार्थी, समाजसेवी, वुद्धिजिवी, जिल्ला प्रहरी कार्यालय, पत्रकार, पालिकाका कर्मचारी, वडा कार्यालय, जनप्रतिनिधी सम्पुर्णलाई अभियानलाई सफलता पूर्वक सम्पन्न गर्नमा गरेको सहयोग प्रती हार्दिक धन्यवाद व्यक्त गरिन् ।

World Link Ads
Mahakali Polytechnic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक बिनु शाहीले उक्त अभिमुखिकरण कार्यक्रममा आफनो प्रस्तुतीकरणमा जिल्लामा भएका लागु पदार्थको अवस्था, न्युनिकरणका उपाय, असर तथा कानुनका विषयमा जानकारी प्रदान गरेकी थिईन् । उनले सामुदायिक साझेदारी कार्यक्रम अन्तरगत बिभिन्न कार्यक्रम गर्दै आईरहेको अवस्थामा यो १६ दिने लैङिगक हिँसा विरुद्धको अभियानमा लागु औषध तथा दुव्र्यशनीको विरुद्धमा यो अभिमुखिकरण कार्यक्रम गरिएको बताईन । साथै बिद्यार्थीहरु बढी लागु औषधमा फस्ने उमेर रहेको हुँदा उनिहरुलाई यस्को असर कानुनमा के छ व्यवस्था ? कसरी बच्न सकिन्छ ? यसको रोकथाम आदी विषयमा जानकारी दिईएको उनले बताईन् ।

Dirghayu Ads

यस्तै वडाका अध्यक्ष पदम राज अवश्थीले आफनो वडामा अभियानको समापन गर्न पाउँदा खुसी भएको बताए साथै उनले यो अभियानमा जोडिनु भएका सम्पुर्णलाई धन्यवादका साथै विद्यार्थी भाईबहिनीलाई आफनो अध्ययनमा ध्यान दिन र बाहिरी खराव आचरणलाई छोडदै जान आग्रह गरे, उनले वडा कार्यालयबाट गर्नुपर्ने साथ र सायोगका लगी सदैव तयार रहेको बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.