सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलपाल कृषि सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा रहेको श्री कैलपाल कृषि सहकारी संस्था लि को १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोकटी रहेका थिए।

सहकारी संस्थाका अध्यक्ष महेन्द्र बहादुर चन्दको अध्यक्षतामा कार्यक्रममा सञ्चालन भएको थियो । सहकारी संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिव करन सिंह ठगुन्ना ले पेश गरेका थिए।

आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोरख बहादुर चन्दले गरेका थिए। कार्यक्रममा सहकारी संस्थामा आबद्ध बाल बचतकर्ता तर्फ अारुषी खडायत, प्रसान्त बुढाएर उत्कृष्ट बचतकर्ता तर्फ मेघराज बोहरा, बसन्ती पनेरु उत्कृष्ट ऋणी सदस्य तर्फ दिपक लुहार, उर्मिला भट्ट जेष्ठ नागरिक सदस्य पदमा चन्द मानसिंह दमाइ लाइ सम्मान गरिएको थियो । कार्यक्रम संचालन संस्थाका उपाध्यक्ष देवसिंह बोहराले गर्नु भएको थियो।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds