सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आमाको स्मृतिमा ब्याटमिन्टनका अन्तर्राष्ट्रिय खेलाडी दिपेश धामीद्वारा अनाथ बालबालिकालाई ट्रेक्सुट वितरण

कञ्चनपुर । ब्याटमिन्टनका अन्र्तराष्ट्रिय खेलाडी दिनेश धामीले अनाथ बालबालिकाहरुलाई जर्सी (पोषाक) वितरण गरेका छन । ब्याटमिन्टनका अन्र्तराष्ट्रिय खेलाडी दिनेश धामीले कञ्चनपुरका अनाथ बालबालिकाहरुलाई जर्सी (पोषाक) वितरण गरेका हुन ।

हाल अमेरिकामा रहेका ब्याटमिन्टनका अन्तर्राष्ट्रिय खेलाडी दिनेश धामीले भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको समाजकल्याण बाल अञ्चल अनाथालयका बस्दै आएमा अनाथ बालबालिकाहरुलाई जर्सी वितरण गरेका छन ।

Sana Kishan

उनले बाबु हरक सिह धामी र दाजु दुर्गोश धामी मार्फत आमा झुपादेवी धामीको स्मृतिमा अनाथ बालबालिकालाई जर्सी वितरण गरेका छन । शनिबार एक कार्यक्तमका विच अनाथ बालबालिकाहरुलाई जर्सी वितरण गरेका हुन । भीमदत्त नगरपालिका ६ ऐठपुरका स्थानीय समेत रहेका धामीले आमाको स्मृतिमा अनाथ बालबालिकाहरुलाई प्रति एक जोरका दरले पोषाक वितरण गरेका छन । दिपेशका बाबु हरक सिह धामीले समाजिक कार्य गर्ने उदेश्यका साथ छोरा दिपेशकै योजनामा अनाथ बालबालिकालाई कपडा वितरण गरेको बताए ।

World Link Ads
Mahakali Polytechnic

उनले हरेक बर्ष समाजिक काम गर्दै आएको बतनाए । कार्यक्रममा भलिबल संघका पदाधिकारी एव अनाथालयका पदाधिकारीले धामी परिवारप्रति आभार प्रकट गरेका छन । भलिबलका बरिष्ठ प्रशिक्षक जगदिश भट्टले आफु विदेशमा भएपनि दिपेशले मामृतभूमिका रहेका अनाथ बालबालिकाहरुलाई सरानिय काम गरेको बताए ।सुदूरपश्चिम प्रदेश खेलकुद समितिका सदस्य सचिव दिपक सिहले ब्याडमिन्टनका अन्तर्राष्ट्रिय खेलाडी दिपेश धामीले गरेको कामप्रति आभार प्रकट गर्दै, भावि दिनमा खेलकुदको बृद्धि विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

Dirghayu Ads

समाजकल्याण बाल अञ्चल अनाथालयका उपाध्यक्ष हिरा चन्दले यसरी नै दाताहरुको चलिरहेको बताए । उनले स्थानीय सरकारबाट सहयोग नपाईएको दुखेपो पोखेका छन । कार्यक्रममा खेलाडी, अनाथालयका पदाधिकारी, समाजसेवी सहितको सहभागिता रहेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.