सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शारीरिक अपाङता खेलकुद प्रर्वधन समाज कञ्चनपुरले जारी गरेको विज्ञप्ति बारे पत्रकार महताको आपत्ति

कञ्चनपुर । शारीरिक अपाङता खेलकुद प्रर्वधन समाज कञ्चनपुरले जारी गरेको एक प्रेस विज्ञप्तीमा पत्रकार विकास महताले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन । बिना मितिको शारीरिक अपाङता खेलकुद प्रर्वधन समाज कञ्चनपुरले जारी गरेको उक्त प्रेस विज्ञप्तीमा पत्रकार विकास महताले गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन ।

Sana Kishan

शारीरिक अपाङता खेलकुद प्रर्वधन समाजले मंसिर १५ र १६ गते भीमदत्त नगरपालिका ६ अमिटी कलेजको प्राङगणमा आयोजना गरेको प्रथम सुदूरपश्चिम प्रदेश स्तरिय ह्विलचियर बाँस्केटबल प्रतियोगिता २०८० को समापन कार्यक्रम स्थल नजिक नाबालक २ बर्षिया नाबालक लाई मोटरसाईकलले ठक्कर दिएको प्रकरण बारे प्रकासित गरिएको विज्ञप्तीमा पत्रकार महताले खण्डन गरेका छन । शारीरिक अपाङता खेलकुद प्रर्वधन समाजले जारी गरेको उक्त विज्ञप्तीमा पत्रकार महताले आफुसंग सल्लाह नै नगरेर नाम उल्लेख गरेको विषयमा चिन्ता प्रकट गरेका छन ।

कुनैपनि संघ संस्था,व्यक्तिसंग सल्लाह, समन्वय र अनुमती बिर्नै सिधै नाम उल्लेख गर्न नपाईने भएपछि सो राखेकोमा आफु दुखित भएको बताएका छन । शारीरिक अपाङता खेलकुद प्रर्वधन समाज कञ्चनपुरका अध्यक्ष योगेन्द्र खडका हस्ताक्षर गरेको विज्ञप्तीमा पत्रकार महताको नाम अनुमती नलिएर उल्लेख भएकाले सच्याउन समेत अनुरोध गरेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.