सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

समाज परिवर्तनमा स्वास्थ्य स्वयंसेविकाको भुमिका अतुलनीय छ : नगरप्रमुख ओझा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले समाज परिवर्तनमा स्वास्थ्य स्वयंसेविकाको भुमिका अतुलनीय रहेको बताएका छन् । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा उनले आजको दिनमा पनि समुदायमा नागरिकहरुले सबैभन्दा धेरै विश्वास स्वयंसेवीको नै गरिरहेको बताएका छन् ।

नगरप्रमुख ओझा भन्छन् ‘पेशाप्रती इमानदार उहाँहरु जति कोहि लागेन आफू निर्वाचित भएर आएको डेढ वर्षमा अन्य कर्मचारीको सिकायत आएपनि नगरका ९ वटै वडामा १०३ जना स्वयंसेविका रहेपनि कसैको गुनासो आफुकहाँ आएको छैन यसैबाट प्रमाणित हुन्छ कि उहाँहरु प्रेशाप्रती कति कटिबद्ध हुनुहुन्छ ।’ सेवा निवृत्त महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गर्दै नगरप्रमुख ओझाले हलभित्र उहाँहरुलाई बिदाई गरेपनी हल बाहिर जानेबित्तिकै पुनः सेवामा नै निस्वार्थ रूपमा जोडिने बताउँदै समाजबाट उहाँहरुलाई अलग्याउन नसकिने नगरप्रमुख बताउँछन्

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads
Sana Kishan

२०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाका विभिन्न वडामा कार्यरत १८ जना स्वयंसेविका सेवा निवृत्त भएका छन । जसमध्ये ७ जना उमेर हदका कारण अनिवार्य अवकाश र ११ जना स्वास्थ्य स्वयंसेविकाले स्वैच्छिक अवकाश लिएका छन् । नगरपालिकाले उहाँहरुको बिदाइ कार्यक्रम स्मरणीय बनाएको छ । उमेर हदका कारण अनिवार्य सेवा निवृत्त भएका ७ जना स्वास्थ्य स्वयंसेविकालाई जनही एक ÷ एक लाख र विविध कारणवस स्वैच्छिक अवकाश लिएका ११ जना स्वास्थ्य स्वयंसेविकालाई जनही पचास ÷ पचास हजार नगरपालिकाले प्रदान गर्नेछ ।

कार्यक्रममा अवकाश भएका १८ वटै स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान पत्र र दोसल्ला सहित नगरप्रमुख ओझाले बिदाई गरेका हुन । कार्यक्रममा नगर उपप्रमुख दोपती राना,वडा न.५ का अध्यक्ष टेक पाण्डेय ,कार्यपालिका सदस्यहरु,स्वास्थ्य शाखा र विभिन्न स्वास्थ्य चौकीका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

त्यसअघि नगरपालिकाको प्रांगणमा जम्मा भएका नगरभरीका सम्पुर्ण स्वास्थ्य स्वयंसेविकाले नगरपालिकाको कार्यालयदेखि गुलरिया चौराह र गुलरीया चौराहदेखी नगरपालिकासम्म जनचेतनामूलक ¥याली निकालेका थिए । विभिन्न प्ले कार्ड सहित ¥यालीमा सहभागी उनीहरूले स्वास्थ्य जनचेतना र महिला स्वास्थ्य स्वयंसेविकाको महत्त्व बारे नारा प्रस्तुत गरेका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.