सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम डेस्क सञ्चालनमा ल्याउने

कञ्नपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम डेस्क सञ्चालन सम्बन्धि सरोकारवालाहरु सङ्ग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । श्रम डेस्क संचालन गर्ने मुख्य उद्येश्य सामाजिक सम्वाद गर्ने संयन्त्रको रुपमा श्रम सम्बन्धी समस्या समाधान गर्ने, श्रम डेस्क स्थापना गरी श्रमिकले गर्ने काम सीप र दक्षताको आधारमा अभिलेख राखी अध्यावधिक गरी रोजकागरुकिा लागी रोजगार दाता संग समन्वय गर्ने रहेको भीमदत्त नगरपालिकाका रोजगार संयोजक मिनबहादुर महराले जानकारी दिएका छन् । साथ उनले स्थानिय तहमा दर्ता अभिलेखिकरण गरिएको श्रमिकहरुलाइृ योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत गराउन सहजिकरण गर्ने बताए ।

No description available.

श्रम डेस्कले पेशा, सिप दक्षता, योग्यता र कार्यरत क्षेत्रको विवरण लिई श्रमिकको दर्ता अभिलेखिकरण गर्ने, पेशा, सिप दक्षता, योग्यता र कार्यरत क्षेत्रको विवरण लिई श्रमिकको दर्ता अभिलेखिकरण पश्चात उनिहरुलाई परिचय जारी गर्ने पनि काम रहेको रोजगार संयोजक महराले बताए । समान काममा समान पारिश्रमिकको व्यवस्था लागु गर्ने, अभिलेख गरिएको श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत गराउन सहजिकरण गर्ने कार्य गर्ने रोजगार संयोजक महराले जानकारी दिए । यस्तै, व्यवसायी कृष्ण प्रशाद पाठकले यो कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे, श्रमिक र रोजगारदाता बिचको समस्यालाई कम गर्ने काम यस्ले गर्ने छ, साथै सामाजिक सम्वाद सम्बन्धीको भुमिका पनि आगामी दिनमा यो कार्यक्रमले समेटनु पर्ने उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

No description available.

Dirghayu Ads
Sana Kishan

जनजाती महासंघका अध्यक्ष जिवन श्रेष्ठले सबै पक्षलार्य समेटेर छलफलमा ल्उाईनु पर्ने बताए । साथै यो कार्यक्रमले श्रमिक र व्यवसायी बिचको समन्वय गराई समस्याको समाधान गर्नेमा आफु विश्वस्त रहेको बताए । विगत लामो समय देखी यही विषयमा लामो पहल गरेपछि आज आएर यो कार्यक्रमले निरन्तरता पाएकोमा आफु लगायत श्रमिकहरु व्यवसायीहरु सबैलाई खुसी भएको बताए । श्रम डेस्क स्थापना भएपछि श्रमिकहरुको श्रमको सुरक्षाको विषय महत्वपुर्ण रहेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौलीले बताए । श्रम गर्ने स्थान पनि महत्वपुर्ण रहेको र दुवै पक्ष रोजगारदाता र मजदुर को सुरक्षाको विषय पनि यो कार्यक्रमले हेर्ने बताए । साथै सरकारको तर्फबाट न्युनतम मापदण्ड तोकेर दुबै पक्षको समझदारीमा काम गर्ने र रोजगार दिने वातारणको अवसथा आर्थिक अवस्था कस्तो रहेको भन्ने पनि जानकारी दिनका लागी यो डेस्कले काम गर्ने उनले बताए । श्रम डेस्क संचालन समितिका संयोजक एवम भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले यस्का लगाी पालिकाले १० लाख रुपैँया विनियोजन गरी कार्यबिधी नै निर्माण गरेर काम अगाढी बढाएको जानकारी दिईन् ।

No description available.

आफना मजदुरलाई समस्या नहोस, उनिहरुको हक अधिकार पनि कायम रहोस भनेर यो कार्यक्रमको आयोजना गरिएको बताईन् साथै भीमदत्त नगरपालिकाको १९ वटै वडामा मजदुरहरुको तथ्याङ संकलन गरेर सुचिकृत गरी उनिहरुलाई पचियपत्र प्रदान गर्ने र उनिहरुको सुरक्षाको व्यवस्था पनि गरिने उनले बताईन् । साथै पालिकाले दिने अनुदान लगायतका व्यवस्थामा पनि पचिरय पत्र पाएका मजदुरहरु प्राथमिकतामा पर्ने बताईन् । साथै श्रमिक तथा मजदुरका हक अधिकारहरु लाई सम्बोधन हुने गरि समिती गठन गर्न यो कार्यक्रम को आयोजना गरिएको उनले बताईन् ।

No description available.

यसमा सम्पुर्ण सम्बन्धित सरोकारवालाहरुको सहयोग अपरिहार्य रहेको बताँउदै उप प्रमुखले आफू पनि श्रमिक बाट नै माथी उठेका कारणले मजदुरका समस्याहरुलाई एकदमै मध्यनजर गरि कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे, भीमदत्त नगरपालिकाको हलमा आयोजना गरिएको कार्यक्रममा जिल्लामा रहेका सरोकारवाला निकाय,निर्माण व्यवसायी, उद्योग वाणिज्य संघ, वडा अध्यक्ष, जनजाती महासंघ, रोजगारदाता, श्रमिक,मजदुरहरु, लगायतको उपश्थिती रहेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.