सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पुर्व खानेपानीमन्त्री बीना मगरद्वारा पुनर्वासमा निर्माण भईरहेको ढल योजनाको अनुगमन

सित्तल भट्ट, कञ्चनपुर । पुर्व खानेपानीमन्त्री मगरले कञ्चनपुरको पुनर्वास नगरपालिकामा निर्माण भईरहेको प्रशोधन सहितको ढल योजनाको स्थलगत अनुगमन गरेकी छिन । सोमबार पुर्वमन्त्री मगरले पुनर्वास नगरपालिका ३आईबिआरडी बजारमा निर्माण भईरहेको ढलको स्थलगत अनुगमन गरेकी हुन । ०७६÷०७७ सालमा माओवादी नेत्रृ समेत रहेकी निर्वतमान संसद मगर खानेपानीमन्त्री भएका बेला उक्त योजना पुनर्वासमा कार्यान्वयमा आएको थियो ।

खानेपानी मन्त्रालयबाट संचालन भईरहेको उक्त योजनाको पुर्वमन्त्री मगर आफैले स्थलगत अनुगमन गर्दै अधुरा काम पुरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएकी छिन । पुर्वमन्त्री मगरले योजना अन्तिम चरणमा पुगेको र बाँकी आधुरा काम समयमै सम्पन्न गरेर पालिकालाई हस्तान्तरण गर्न अनुरोध गरेकी छिन । ‘हामीले भावि भविष्यका लागि पाँच बर्ष अघि संचालन गरेको योजना अघिले पुर्व आवश्यक भएको छ, ‘पुर्वमन्त्री मगरले भनिन, ‘भावि दिनमा बढ्ने जनसंख्या र घजघनत्वका लागि फोहोरो व्यवस्थापन यो आधुनिक केन्द्र प्रभावकारी हुनेछ ।’ पुर्वमन्त्री निर्माण कम्पनीसंगै ढल निर्माण र सडक निर्माण कार्यलाई शिघ्र कार्यान्वयन गर्न अनुरोध गरिकी छिन । आफ्नै कार्यकालमा ल्याएको उक्त योजना समयमै निर्माण गरेर जनतालाई यथोचित सेवा सुविधान दिन आब्हान गरेकी छिन ।

बजारबाट निस्किएको फोहोरबस्तुको प्रशोधन गरेर एकातिर सिँचाईका लागि पानी र अर्कातिर अन्नबालीका लागि प्राङगारिक मल उत्पादन गर्ने उक्त योजना अन्तिम चरणमा पुगेको छ । आईबिआरडी बजारमा सडक सहित आधुनिक ढल निर्माणका लागि उक्त योजना संचालन भएको थियो । पुनर्वासक नगरकै मुख्य बजार आईबिआरडीमा उक्त योजना संचालन भएपछि स्थानीय समेत हर्षित भएका छन । स्थानीयले पुर्नमन्त्री मगरकै पहलमा उक्त योजना आएको र अहिले सचालनकै रहेको बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

आईबिआरडी बजारकी उपाध्यक्ष सुकमाया मोक्तानले योजना सबै ठिक भएकाले शिघ्र कार्यान्वयमा जोडदिए । स्थानीय कुमार पन्थीले बजारमा ढल निर्माणको योजना लागु भएपछि जनतालाई यात्रादेखि फोहोरो व्यवस्थापनमा सुविधा हुने बताए । ‘अहिले सडक फराकिलो भएको छ, हामीलाई विगत भन्दा अहिले यातायातमा सुविधा पनि भयो, ‘उनले भने, ‘भावि दिनमा फोहोर व्यवस्थापनबाट थप हामी लाभान्वित हुने छौँ ।’

Dirghayu Ads

पुनर्वास नगरका स्थानीय पदम तामाङ्गले पुर्वमन्त्री बीना मगरकै पहलमा आएको योजना कार्यान्वयनको चरणमा रहेको बताए । ‘तराईका अन्य शहर जस्तै आईबिआरडी बजारमा समेत दिनप्रतिदिन जनसंख्या बृद्धि भईरहेको छ, ‘उनले भने, ‘पुर्वमन्त्री मगरले पहिल्यै बजारको आवश्यकता बुझेर ल्याएको यो आधुनिक योजना हामी सबैले सफल पार्नुपर्छ, यसमा हाम्रै सन्तानको भविष्य छ ।’ उक्त निर्माण कम्पनी उच्चकोटी कस्ष्ट्रक्सन प्रालिका निर्देशक सुरेन्द्र पन्तले योजना अन्तिम चरणमा रहेको बताए । ‘केही ढक्कन फुटेमा छन, मर्मत गरिनेछ, ‘उनले भने, ‘सडक कालोपत्रे र ढल निर्माण कार्य सम्पन्न भयो, जमिन प्राप्ती मात्रै बाँकी छ, अब हामी नगरपालिकालाई हस्तान्तरण गछौँ ।’
उतिबेला बेला निर्माण कम्पनी, नगरपालिका र खानेपानी मन्त्रालयविच भएको योजना अनुरुप काम भईरहेको बताए । योजना अन्र्तरगत झण्डै साढे ३ किलोमिटर सडक कालापत्रे र साढे ४ किलोमिटर ढल निर्माण गरिएको छ ।

आईबिआरडी बजार सहित पुनर्वासकै टाउन बजार र बेलौरी बजारमा उक्त योजना परेको थियो । पुनर्वास नगरपालिका ३, ४ र ६ वडाको आईबिआरडी बजार संचालन हुने उक्त योजना उक्त योजना सम्पन्न भएपछि बजारको फोहोर व्यवस्थापनका साथै सिँचाई कृषिका लागि किसान लाभान्वित हुनेछन । पुनर्वास नगरपालिका ४का अध्यक्ष मनोज जैसीले उक्त योजना संचालन भएपछि बजार क्षेत्रको फोहोर व्यवस्थापन भई थप सुविधा हुनेछ । नेकपा माओवादी केन्द्रका नेता एव पुर्व खानेपानीमन्त्रीका स्वकीय सचिव दिपक तिमिल्सेनाले आफैले हालेको उक्त योजनाको कार्य प्रगतिबारे पुर्वमन्त्री बीना मगरले स्थलगत अनुगमन गर्दै शिघ्र कार्य सम्पन्न गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको बताए । ‘आफ्नै कार्यकालमा शुरु भएका योजनाले वर्तमान अवस्था के कस्तो छ, सो बारेमा पुर्वमन्त्री ज्यूले चासो राखेर स्थलगत अनुगमन गर्नुभएको छ, ‘उनले भने, ‘उक्त योजना सहित क्षेत्रभरीका अन्य योजनाको अवस्था बारे समेत क्रमिक रुपमा अध्ययन गर्नुहुनेछ ।’ पुर्वमन्त्री मगरसंगै अनुगमनमा माओवादी स्थानीय नेता कार्यकर्ता, जनप्रतिनिधी, बजार व्यवस्थापन समितिका प्रतिनिधी, स्थानीय नागरिक सहित संचारकर्मी सहितको सहभागिता रहेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.