सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा सीमा स्तम्भको मर्मत कार्य शुरु

शितल भट्ट, कञ्चनपुर । भारतसंग सीमा जोडिएको कञ्चनपुरमा सीमा स्तम्भहरुको मर्मत कार्य शुरु गरिएको छ । सशस्त्र प्रहरी बलले कञ्चनपुरका सीमा स्तम्भहरुको मर्मत कार्य शुरु गरेको हो । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणले भारतसंग जोडिएका सीमा स्तम्भको मर्मत सम्भार कार्य शुरु गरेको छ । नेपाल–भारत कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजार स्थित ७५३ (१७१) नम्बर सीमा पिलरदेखि मर्मत कार्य शुरु गरेको छ । भारतीय प्रशासन, सीमा सुरक्षा बल(एसएसबी) सहितका अधिकारीको उपस्थितिमा सीमा स्तम्भको मर्मत कार्य शुरु गरिएको हो । सुदूरपश्चिम प्रदेश बैद्यनाथ बाहनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुमार न्यौपाले सरकारले दिएको जिम्मेबारी अनुरुप कञ्चनपुर, कैलालीका सीमा स्तम्भको एकसाथ शुभारम्भ गरिएको बताए ।

Sana Kishan

सशस्त्र प्रहरीका सुप प्रदेश प्रमुख समेत रहेका डिआईजी न्यौपानेले सन २०१४देखि यता निर्माण भएका सीमा स्तम्भको मर्मत, रंगरोगन एव पुर्ननिर्माण गरिने बताए । सीमा स्तम्भहरुको निर्माण मर्मत सम्भार र पुर्नस्थापना सम्बन्धी मापदण्ड ०८० अनुरुप नेपालका तर्फबाट बिजोर सीमा पिलर पुर्ननिर्माण गरिने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले सीमा पिलर मर्मत कार्यबाट दुवैदेशको सीमा स्तम्भलाई स्पष्ट पारिदिने भएकाले विवाद उत्पन्न नहुने बताए । सीमालाई यथास्थितिमा राख्नदेखि दुबैतर्फ सीमा सुरक्षाका लागि समेत जिर्णेत्तर भएका सीमा पिलर मर्मत आवश्यक रहेको समेत बताए ।

सशस्त्र प्रहरी बल नेपाल, ३५ नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले १८मंसिरदेखि नेपालको भागमा परेका बिजोडा सीमा पिलर निरन्तर मर्मत सम्भार गरिने बताए । एसपी रावलले कञ्चनपुरमा कुल ६६ सीमा स्तम्भ पुर्ननिर्माण, मर्मत सम्भार गरिने बताए । उनका अनुसार रंगरोगन गर्नुपर्ने ३०, समान्य मर्मत १६, मध्यमस्तरको मर्मत १७ र पुर्ण मर्मत ३ पिलर रहेकामा छन । भारतीय पक्षले यस अघि नै जोडा सीमा पिलर मर्मत गरिसकेको थियो । जिल्लाको पुनर्वास नगरपालिका ११ डोकेबजारदेखि पुनर्वास, बेलौरी, बेलडाडाँडी, शुक्लाफाँटा राष्ट्रिय, दोधाराचाँदनी र भीमदत्त नगरपालिका ९ब्रम्हदेबसम्म मर्मत कार्य आगामी फागुनसम्मै संचालन हुनेछ । पुनर्वास नगरका मेयर तोया प्रशाद शर्माले सीमा पिलरको मर्मत, पुर्ननिर्मण एव रंगरोगन कार्यबाट सीमा विवाद न्यूनिकरण हुने बताए । सशस्त्र प्रहरी निरीक्षक चन्द्रसिह महराले संचालन गरेको सीमा मर्मत कार्यक्रममा नेपाल भारत दुवै देशका सीमा सुरक्षा बल, प्रशासन सहितका अधिकारीहरुको सहभागिता रहेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.