सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ठेकेदारले बेलडाँडी–दैजी सडक अलपत्र छाडेपछि बेलडाँडी सरकारको हुलाकी राजमार्गमा ताकेता

कञ्चनपुर । कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडक अन्र्तरगत ठेकेदारले बेलडाँडी–दैजी सडकखण्ड अलपत्र छाडेपछि स्थानीय सरकारले चासो देखाएको छ । दैजी बेलडाँडी सडकखण्ड अन्र्तरगत हुलाकी सडक अलपत्र छाडेपछि स्थानीय सरकारले चासो देखाएको हो ।
उक्त खण्डमा निर्माण व्यवसायीले चरम लार्पबाही र हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले चासो नदेखाएपछि बेलडाँडी स्थानीय सरकारले चासो देखाएको छ । अढाई बर्षमा सक्नुपर्ने काम साढे ६ बर्ष हुँदा समेत निर्माण सम्पन्नको साटो विचमै सडक अलपत्र छाडेपछि बेलडाँडी स्थानीय सरकारले हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीमा डेलिगेशन दिएको छ ।

आइतबार बेलडाँडी गाँउपालिका प्रमुख हरिशन्द्र रानाले हुलाकी राजमार्ग आयोजना धनगढीका प्रमुख पारशमणी हमाल सहितका प्राविधिक कर्मचारीलाई भेटैरै उक्त अधुरो सडक निर्माणका लागि ठेकेदारलाई दवाव दिन ध्यानाकर्षण गराएका छन । ‘बेलडाँडीदेखि दैजी भएर जिल्ला सदरमुकाम महेन्द्रनगर सहितका अन्य गन्तव्य जोड्ने उक्त सडक निर्बिकल्प छ, ‘उनले भने, ‘सो सडक निर्माण गर्नुपर्ने निर्माण व्यवसायीको दायित्व भएपनि अझैपनि पुरा नगर्दा जनतालाई यातायातमा सास्ती बेहोर्नु परेको छ ।’ शिघ्र सडक निर्माण कार्य अघि बढाईदिन वातावरण तय गर्नुपर्ने गाँउप्रमुख रानाले हुलाकी राजमार्ग आयोजना प्रमुख हमालको ध्यानाकर्षण गराए ।

Sana Kishan

बेलडाँडी गाँउपालिका प्रवक्ता गज बहादुर विष्टले हुलाकी सडक निर्माणमा व्यवसायीबाट चरम ढिलासुस्ती भएकाले आयोजना कार्यालयबाट समेत पहल हुनुपर्ने बताए । ‘सडक धुलाम्मे भएर बेलडाँडी सहितका अन्य क्षेत्रका जनता मारमा परेका छन, ‘उनले भने, ‘सडक निर्माणमा ढिलाई हुँदा जनताको प्रेसर पालिकामा पर्न गएको छ, यसर्थ हुलाकी राजमार्ग कार्यालयबाट निर्माण व्यवसायीलाई ताकेता गरिदिनुपर्ने भयो ।’ बेलडाँडीका स्थानीय अगुवा मदन सिह खत्रीले सडक निर्माणमा व्यवसायी सरकार गम्भिर नहुँदा अलपत्र परेको बताए । ‘ठेकेदारले चाहेको खण्डमा छोटो समयमै सडक बनाउन सक्यो, ‘उनले भने, ‘खै किन चाहेको छैन, त्यो थाहा भएन अब हुलाकी राजमार्ग आयोजना कार्यालयबाट समेत ताकेता गर्नुपर्छ ।’

World Link Ads
Mahakali Polytechnic

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख पारमणी हमालले निर्माण व्यवसायीलाई निर्देशनालयमा समेत बोलाएर छलफल गरिएको बताए । उनले धनगढी कार्यालयबाट समेत अधुरो काम सम्पन्न गराउनका लागि व्यवसायीलाई लिखित मौखित निर्देशन दिएरै भएपनि कामकाज गर्न लगाउने बताए । ‘हामी निर्माण व्यवसायीलाई चिठी काटेर अधुरो काम सम्पन्न गर्नका लागि निर्देशन दिन्छौँ, ‘कार्यालय प्रमुख हमालले भने, ‘जसरी भएपनि शिघ्र काम गर्न वातावरण बनाउँछौँ ।’ बेलडाँडी गाँउपालिकाले पटक पटक समयमै सडक निर्माणका लागि सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउँदै आएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.