कञ्चनपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरले किसान नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड अराजकताको पराकाष्ठा भएको बताएको छ । शनिबार क्रान्तिकारी कम्युनिष्ट पार्टीको बैठकले किसान नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड अराजकताको पराकाष्ठा भएको ठहर गरेको छ । क्रान्तिकारी कञ्चनपुरका संयोजक विष्णूराम नेपालीले जिल्ला बैठकमा किसान नेता सहित भीमदत्त पन्तको सालिक तोडफोडको भत्र्सना जाहेर गर्दै दोषि गिरोहमाथि कार्बाहीको माग अघि सारेको छ ।
सुदूरकै भूमिमा जन्मिएर यस क्षेत्रका किसानका लागि संघर्ष गरेर किसानको हक अधिकार नागरिक मुक्तिका लागि खटिएका किसान नेता भीमदत्त पन्तको सालिक तोडफोड गर्नु मरिसकेको राजतन्त्र चिहानबाट भुतकै रुप बनाएर फेरी सिहासनका बसाल्छु भनेर भन्नु दिवा सपना मात्रै रहेको रहेको नेताहरुको भनाई छ । साथै क्रान्तिकारीले जनजिविका सवालमा संघर्षका कार्यक्तम गर्ने समेत जनाएको छ ।