सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा खुल्ला फुटवल प्रतियोगीता सम्पन्न

मनिषा भट्ट, कञ्चनपुर । वेदकोट नगरपालिका वडा नम्वर ९ मा सुन्दरपुर खेलकुद विकास समितिको आयोजनामा विहिवार बाट सञ्चालन भएको खुल्ला फुटवल प्रतियोगीता सोमवार समापन भएको छ ।

कार्यक्रम सुन्दरपुर खेलकुद विकास समितिका अध्यक्ष जय सिंह धामीको सभापतित्वमा सञ्चालन भएको थियो । समापन कार्यक्रम प्रमुख अतिथि वेदकोट नगरपालिकाका पुर्व नगरप्रमुख अशोक कुमार चन्द  रहनु भएका थिए अतिथिमा वेदकोट नगरपालिका ९ वडा अध्यक्ष जनक वहादुर विष्ट, ९ का पुर्व अध्यक्ष राम सिंह धामी, संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि तथा गाँउका अग्रज प्रतिनिधिहरु, पुर्व खेलाडीहरु को उल्लेखनिय उपस्थीति रहेको थियो ।

Sana Kishan

खुल्ला फुटबल प्रतियोगितामा जम्मा १२ समुहको आवेदन रहेका थिए आज भएको अन्तीम खेलमा आयोजका बि र इन्टरनेश्नल पब्लिक स्कुल बिचको खेलमा न्टरनेस्नल पब्लिक इस्कुलले आयोजक बि लाई ० का विरुद्ध २ गोलको अग्रतामा अन्तिम खेल जितेको छ । जित संगै इन्टरनेश्नल पब्लिक स्कुलले नगद ३५००० हजार ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ । त्यसै गरी आयोजक बि ले नगद १५००० हजार ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ ।

World Link Ads
Mahakali Polytechnic

समापन कार्यक्रमा सुन्दरपुर खेलकुद बिकास समितिका खेलाडी क्षितिज धामी र अबिनाश ऐडीलाई प्रमाण पत्र सहित सम्मान गरेको छ । क्षितिज धामी १६ वर्ष मुनि मनाङ मस्र्याङ्दी क्लवमा अनुवन्धीत भएका हुन भने अबिनाश ऐडी १९ वर्ष मुनि शुदुरपश्चिमको समुहमा छनौट भएका हुन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.