सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पहिलो पटक सुदूरपश्चिममा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय खुल्दै

कञ्चनपुर: पहिलो पटक सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय खुल्ने भएको छ । कैलालीको गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय खुल्ने भएको हो । सरकारले स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धान लगायत उद्देश्य समेटिएको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ । सरकारले कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक अघि बढाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धानलगायत उद्देश्य समेटिएको करिब ६ सय शय्याको स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक स्वीकृत गरेका हो । योसंगै विधेयक अब संसद्मा पेस हुन बाटो खुलेको छ । कानुन बनेपछि विश्वविद्यालय सञ्चालनमा आउने सरकारले जनाएको छ । यसअघि गेटा मेडिकल कलेज बनाउने भनिए पनि सरकारले ०७९ माघमा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले गत माघमा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको हो । विश्वविद्यालय नै बनाउनका लागि गेटामा पाँच अर्ब लागतमा अस्पताल, कलेज, प्रशासनिक र होस्टेलका लागि २७ वटा भवनको निर्माण सम्पन्न भइसकेको छ । कानुनी बाटो तयार भइसकेपछि सुदूरपश्चिममै पहिलोपटक विश्वविद्यालय सञ्चालनमा आउने जनाईएको छ ।

World Link Ads
Mahakali Polytechnic

सत्ताधारी नेकपा माओवादी केन्द्रका नेता एव सुप प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले पाटी अध्यक्ष एव प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को दुरदृष्ट्रियले सुप प्रदेशमा पहिलो पटक स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन हुने बताए । ‘वर्तमान प्रचण्ड सरकारले हाम्रो र प्रदेशकै भविष्य उज्जल हुने निर्णय गरेको छ, हामी यसमा गौरबान्वित भएका छौँ, अब संसदबाट विधेयक पारित गरेर संचालन गर्नुपर्छ, हामी प्रदेश सरकारको समेत पुर्ण साथ सर्मथन रहन्छ ।’ ०५६ मा मेडिकल कलेज स्थापनाका लागि गेटा आँखा अस्पतालनजिक ७७ बिघा जमिन छुट्याइएको थियो । ०६६ मा राष्ट्रिय योजना आयोगमार्फत मेडिकल कलेज बनाउन ११ करोड रुपैयाँ विनियोजन भएको थियो भने ०६६ मै गेटा मेडिकल कलेज संरचना विकास समितिसमेत गठन भएको थियो ।

Dirghayu Ads
Sana Kishan

०७४ मा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै वेला पूर्वाधार निर्माण कार्य सुरु गरिएको थियो, प्रचण्ड सरकारकै नेतृत्वमा रहेको सरकारले २९ माघ ०७९ मा मन्त्रिपरिषद्बाट गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विस्तार गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकबाट विश्वविद्यालयको विधेयक तयार भई स्वीकृत भएपछि विश्वविद्यालय सञ्चालनमा अर्को उपलब्धि भएको छ ।अहिले देशभर सातवटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र २१ वटा मेडिकल कलेज सञ्चालनमा रहेका छन । तर सुदूरपश्चिममा यस्तो प्रतिष्ठान तथा विश्वविद्यालय भने छैनन । अब सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रकै स्वास्थ्य क्षेत्रमा थुप्रै अध्ययन अनुसाधन हुने अनुमान गरिएको छ ।

एमाले नेता एव पूर्वसांसद डा.दीपकप्रकाश भट्टले प्रचण्ड नेतृत्वको सरकारले गरेको निर्णयले सुदूरपश्चिम क्षेत्रका मात्रै नभई नेपालकै स्वास्थ्य क्षेत्रमा ठूलो आयाम ल्याउने र स्वास्थ्य क्षेत्रका थुप्रै अध्ययन अनुसन्धान हुनसक्ने बताए । ‘यो हामी सबैका लागि ठूलो उपलब्धि हो, अझ सुदूरपश्चिमका लागि हर्षको विषय हो, ‘यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा यो नयाँ सुरुवाती सुधारको संकेत पनि हो ।’

सुदूरपश्चिममा विश्वविद्यालय सञ्चालन हुनुपर्ने मागसहित दबाबमूलक आन्दोलन र सर्षघका कार्यक्रम हुँदै आएका थिए । लामो समयदेखि सुदूरपश्चिम क्षेत्रले माग गरेको विश्वविद्यालय सञ्चालनका लागि सरकार सकारात्मक देखिएपछि स्वास्थ्य क्षेत्र फराकिलो बन्ने अनुमान गरिएको हो । ०५६ मा मेडिकल कलेज स्थापनाका लागि गेटा आँखा अस्पताल नजिक ७७ बिघा जमिन छुट्याइयो, ०६६ मा राष्ट्रिय योजना आयोगमार्फत मेडिकल कलेज बनाउन ११ करोड रूपैयाँ विनियोजन,०६६ मै गेटा मेडिकल कलेज संरचना विकास समिति गठन,०७४ मा प्रचण्ड प्रधानमन्त्री भएकै बेला पूर्वाधार निर्माण कार्य सुरु, २९ माघ ०७९ मा मन्त्रिपरिषद्बाट गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विस्तार गर्ने निर्णय, १६ असोज ०८० हाल विश्वविद्यालयको विधेयक तयार भई मन्त्रिपरिषद्को बैठकबाट व्यवस्थापिका संसद्मा दर्ता भएको छ ।

यसरी सुप प्रदेशमा वर्तमान सरकारले पहिलो पटक सुदूरपश्चिममा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनका लागि कामकाज अघि बढाएसंगै जनता हर्षित भएका छन । स्वास्थ्य क्षेत्रका विज्ञहरुले वर्तमान सरकारले अघि बढाएको कामकाजबाट प्रदेशकै स्वास्थ्य शिक्षामा ठुलो उपलब्धी भएको जनाएका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.